USA's Caeleb Dressel, Blake Pieroni, Bowen Becker and Zach Apple pose with their gold medals on the podium after the 4x100m freestyle relay swimming event on July 26. (Attila Kisbenedek/AFP/Getty Images) (Photo by Attila KISBENEDEK / AFP) (Photo by ATTILA KISBENEDEK/AFP via Getty Images)
टोकियो ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्षस्थानमा उक्लेको छ । अमेरिका र जापान बरबरी ७/७ स्वर्ण जितेका छन् । यसअघि शीर्ष स्थानमा रहेको चीन तेस्रो स्थानमा चिप्लिएको छ । चीनले छ स्वर्ण जितेको छ । यद्यपि पदक तालिकामा सबैभन्दा बढी पदक जित्नेमा चीन नै अगाडि रहेको छ । चीनले १५ पदक जितेको छ भने अमेरिकाले १४ पदक जितेको छ । हालसम्म ४७ स्वर्णको नतिजा आइसकेको छ ।
आयोजक जापानले हालसम्म छ स्वर्णसहित दश पदक जितेको छ । बेलायत र दक्षिण कोरियाले सामान तीन तीन स्वर्ण जितेको छ । अष्ट्रेलियाले दुई तथा रुससहित १४ राष्ट्रले एक स्वर्ण जितेको छ । इटाली, क्यानाडा, फ्रान्स, हङ्गेरी, ट्युनेसिया, स्लोभेनिया, अष्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड र उज्वेकिस्तानले एक एक स्वर्ण जितेको छ ।
नेदरल्याण्ड्स, ब्राजिल र चाइनिज ताईपेइले सामान तीन तीन पदक जितेको छ । स्पेन, इन्डोनेसिया, सर्बिया र स्वीटजरल्याण्डले दुई दुई पदक जितेको हो ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसकेका छन् । दुवै जना पराजित भएका छन् । परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । शाहले मङ्गलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।