शिक्षा

शिक्षकको हक हितका लागि निर्णायक आन्दोलन उत्रनु पर्ने-क्षत्री

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको विस्तारित बैठक शनिबार गलकोट हटियामा सम्पन्न भएको छ । बैठकमा बोल्दै संगठनका केन्द्रीय उपाध्यक्ष झपिन्द्र क्षेत्रीले शिक्षकको हक हितका लागि निर्णायक अान्दोलनमा उत्रनु पर्ने बताए । उक्त अवसरमा संगठनका केन्द्रीय सदस्य इन्दु शर्मा, ने क पा माअोवादी का गण्डकी प्रदेश सदस्य फमलाल निउरे, जिल्ला सदस्य तथा शिक्षक फ्याक्सन ईन्चार्ज चन्द्र दत्त रेग्मी लगायतले मन्तव्य राखेका थिए । बैठकले असोज ९ गते ८५ वटा वडामा वडा समित गठन, असोज १६ गते जिल्लाका… पुरा पढौ

नेपाली बालबालिकालाई जापानमा विद्यालय स्तरको शिक्षा हासिल गर्न जानकारीमूलक कार्यक्रम गरिदै

जापानमा रहेका नेपाली बालबालिकाहरुलाई विद्यालय स्तरको शैक्षिक जानकारी दिनका लागि अनलाइन इभेण्ट गरिने भएको छ ।सप्ला निर सिटिज़न कमिटी इन जापान फर ओभरसिज सपोर्टको आयोजनामा सेप्टेम्बरको २६ तारिक आइतबार विहान १०:०० बजेदेखि दिउँसो १२:०० सम्म जापानमा रहेका नेपाली बालबालिकाहरुको लागि प्राथमिक तथा निम्न माध्यामिक विद्यालय स्तरीय जानकारीमूलक अनलाइन कार्यक्रम गर्न लागिएको सूचनामार्फत जनाईएको छ ।टोकियो युनिवर्सिटिमा विद्यावारिधि पिएचडीको अनुसन्धान गरिरहनु भएका दिनेश प्रसाद जोशी रतालाले सहजिकरण गर्नु हुने सो कार्यक्रममा नेपाल र जापानको शैक्षिक प्रणाली तथा रीतिरिवाजको बारेमा भिन्नता, जापानको… पुरा पढौ

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो ।राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् । पुरा पढौ

सिटिइभिटिमा छात्रवृतिमा पढ्न आवेदन खुला, स्वास्थ्यमा ३०४ सिट

शैक्षिक सत्र २०७८ / २०७९ मा डिप्लोमा तथ प्रमाणपत्र तहको निःशुल्क छात्रवृति छनौटका लागि आवेदन खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्द्वारा सञ्चालन गरिने शैक्षिक कार्यक्रमका लागि आवेदन खुलाइएको हो ।  स्वास्थ्य, इन्जिनियरिङ, वन तथा पशु विज्ञान लगायतका विषयमा २९ सय ७२ जनाका लागि आवेदन खुलाइएको छ जसमा विभिन्न विषयमा स्वास्थ्य तर्फ ३०४ सिट रहेको छ । आवेदन भदौ २२ गतेभित्र भर्न सकिने छ ।  पुरा पढौ

‘मैले चिनेको र चाहेको एनआरएनए’विषयक निबन्ध प्रतियोगितामा बिमन किराती प्रथम

गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमितिद्धारा आयोजना गरिएको जापानव्यापी खुल्ला निबन्ध प्रतियोगितामा गुन्मा केनका बिमन किराती प्रथम भएका छन् ।जापानमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, रोजगार र व्यवसायमा आबद्ध गैरआवासीय नेपालीहरुमा रहेको साहित्यिक प्रतिभा प्रष्फुटन गराउनका लागि ‘मैले चिनेको र चाहेको एनआरएनए’ विषयक निबन्ध प्रतियोगितामा फुकुओका केनका बिनोद पौडेल द्वितीय भएका छन भने ओइता केनका प्रशान्त गुरुङ तृतीय भएको आइतबार सार्वजनिक गरिएको नतिजा बताएको छ । ३२ जना प्रतिस्पर्धीहरुले भाग लिएको सो प्रतियोगितामा सान्त्वना पुरस्कार विजेता भने साइतामा केनका कृष्ण… पुरा पढौ

विकल्प नदिएर परीक्षा रोक्नु बदमासी हो

कोरोना महामारी फैलिएको दुई वर्ष भइसक्यो। यसबीचमा हामीले दुई शैक्षिक सत्र चलायौँ। केही निजी विद्यालय र सामुदायिक विद्यालयले वैकल्पिक विधिको प्रयोग पनि गरेका छन् तर धेरै विद्यार्थीको पहुँचमा पुगेको छैन। सरकारले वैकल्पिक विधिको प्रयोग गरेको भए सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि निरन्तर पढाउन सकिन्थ्यो तर त्यो गरेन। सरकारसँग स्रोत र साधन नभएको होइन, नचाहेर हो। हरेक क्षेत्रमा विकल्प हुन्छन् भने परीक्षा लिने विषयमा किन हुँदैन?  परीक्षाको साटो अनुसन्धानमा लगाउन सकिन्छ कोरोना महामारीले परम्परागत विधिबाट परीक्षा लिनसक्ने अवस्था नभएपछि अन्य विकल्प अपनाउनुपर्ने… पुरा पढौ

बाल शिक्षक र विद्यालय कर्मचारीबाट नगरपालिकाको ध्यानाकर्षण

बाल शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समिति गलकोटले आज गल्कोट नगरपालिकाको ध्यानाकर्षण गरेको छ।नेपाल सरकारले तोकेको तलव भत्ताको माग गर्दै संघर्ष समितिका पदाधिकारी र पेशागत शिक्षक संगठनका प्रतिनिधि सम्मलित टोलिले गल्कोट नगरपालिकाको ध्यानाकर्षण गरेको हो । माग पत्र ग्रहण गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बाल विकास केन्द्रमा कार्यरत बाल शिक्षक हरु र सामुदायिक विद्यालयमा कार्यरत लेखापाल तथा विद्यालय सहयोगीको तलव भत्ताका बारेमा नगरपालिका सकारात्मक भएको बताउनु भयो । उहाँले संघीय सरकारले विना कार्य विधि बजेटमा उल्लेख गरे पनि… पुरा पढौ

‘मेले चिनेको र चाहेको एनआरएनए’ जापानव्यापी निबन्ध प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जापानव्यापी निवन्ध प्रतियोगिता २०२१ आयोजना गरिएको छ । गैर आवसीय नेपाली संघ (एनआरएनए), क्युस्यु क्षेत्रीय समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा आवेदन खुला गरिएको छ । ‘मेले चिनेको र चाहेको एनआरएनए’ निबन्धको शीर्षक राखिएको छ । जसका लागि यही जुलाई १६ देखि अगस्ट १० सम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार येन प्रदान गरिनेछ । त्यसैगरी द्वितीयलाई ४५ हजार येन, तृतीय हुनेलाई २० हजार र सान्त्वना पुरस्कार १० हजार येन प्रदान… पुरा पढौ

एसईईको नतिजा प्रकाशन,कक्षा १२ को परीक्षा स्थगन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगन गरेको छ भने माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता प्रकाशन गरेको छ।  राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नितिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ नगरिएको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गरेकाे… पुरा पढौ

एसइई नतिजा यही साउन २५ गते भित्रमा

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।         यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उनले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक… पुरा पढौ