शिक्षा

ताराखोला गाउपालिकाको आफ्नै पाठ्यक्रम 

विद्यालय तहको शिक्षण सिकाइलाई व्यावहारिक र स्तरीय बनाउन ताराखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ। कक्षा १ देखि ५ सम्मलाई लक्ष्य गरी बनाइएको पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा लागू हुनेछ । पाठ्यक्रमअनुसार पाठ्यपुस्तक निर्माणको काम अगाडि बढेको गाउँपालिकाका शिक्षा अधिकृत सविताकुमारी केसीले जानकारी दिइन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम निर्माणको अधिकार गाउँ र नगरपालिकालाई दिएको छ । अधिकृत केसीले स्थानीय कला, संस्कृति, सामाजिक मूल्य, मान्यता र विषयगत ज्ञानयुक्त शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार… पुरा पढौ

सरकारी सेवासुविधामा कर्मचारी र शिक्षकविच विभेद हुँदैन : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्र्रियामा उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो । “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ”, मन्त्री पौडेलले भन्नुभयो, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताउनुभयो । शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको… पुरा पढौ

विद्यार्थीलाई गैरकानुनी तरिकाबाट विदेश पठाए कारबाही

काठमाडौँ– गृह मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी विद्यार्थीलाई विदेश पठाउँदा कानुनविपरीत काम गरेको पाइए त्यस्ता शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको हो । पछिल्लो समय त्यस्ता उजुरीहरू बढिरहेको मन्त्रालयले जनाएको छ । कानुनविपरीत गतिविधि गर्ने संस्थाहरूमाथि सरकारले निगरानी गरिरहेको पनि मन्त्रालयले जनाएको छ । कुनै शैक्षिक परामर्श केन्द्रहरूले गैरकानुनी काम गरेको पाइए नेपालमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र विदेशको हकमा विदेशस्थित नेपाली नियोगहरूमा… पुरा पढौ

धवलागिरि बहुमुखी क्याम्पसको ५९ औं वार्षिकोत्सव सम्पन्न

v धौलागिरि क्षेत्रकै जेठो तथा एक मात्रै आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसको ५९ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।कोरोना संक्रमणका कारण पढाइ अवरुद्ध भएकाले विद्यार्थी जम्मा गरेर गर्ने कार्यक्रम भने यो वर्ष भएन । वार्षिकोत्सवमा शिक्षक, विद्यार्थीका प्रतिनिधि र सरोकारवाला मात्रै बसेर मनाइएको क्याम्पस प्रमुख प्राध्यापक डा रामप्रसाद उपाध्यायले बताए ।वार्षिकोत्सवको अबसरमा प्रगति प्रतिवेदन पेश गर्दै उपाध्यायले क्याम्पसमा गुणस्तरीय शिक्षा दिन तयार रहेको बताए । उनले उच्च शैक्षिक संस्थाबाट उत्पादन भएका जनशक्ति योग्य र विश्व बजारले माग गरे अनुसारको… पुरा पढौ

फागुन १ गतेदेखि स्कुल संचालन हुने, काठमाडौमा सवारी साधनमा हट्यो जोर बिजोर

कोभिडको भेरियन्ट ओमिक्रोन समुदायसम्म फैलिएपछि बन्द भएको शैक्षिक क्षेत्र संचालन गर्ने सरकारले निर्णय गरेको छ । आगामि फागुन १ गतेबाट लागु हुने गरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न प्रशासनले आदेश जारी गरेको छ।१२ वर्ष पूरा भएका विद्यार्थीहरुको अध्ययन नियमित गर्ने र १२ वर्षभन्दा मुनिका विद्यार्थीहरुको अध्ययन कक्षा कोठामा विद्यार्थीहरुको संख्यामा ध्यान दिएर आलोपालो वा सिफ्टमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन आदेश जारी भएको छ। यसको लागि स्थानीय तहसँग विद्यालयले समन्वय गर्नु पर्ने भनिएको छ ।यसै गरी विद्यालयले परीक्षा संचालन गर्दा जेड आकारमा… पुरा पढौ

यथास्थितिमा एमसिसी पास हुँदैन : शिक्षा मन्त्री पौडेल

नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले शिक्षामा लगानी बढाउने बताएका छन् । अहिलेको शिक्षाको बजेट शैक्षिक सुधारको लागि अपुग भएकोले सबै सरोकारवालाहरुसँगको परामर्श गरी शिक्षाको बजेट बढाउने तयारीमा रहेको बताए । लामो समयदेखि ल्याउन नसकिएको शिक्षा ऐन छिटै आउने बताएका छन् । उनले ऐनको ड्राफ्ट भएको र संसद अधिवेसन बस्ने बित्तिकै आउने गरी तयारी भएको बताए । प्रेस सेन्टर नेपाल, बागलुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले शिक्षा ऐन नभएकै कारण संघ, प्रदेश र पालिकाहरुले शिक्षा क्षेत्रमा… पुरा पढौ

नौ वर्षीय बालकले जन्मदिनमा शैक्षिक सामाग्री वितरण गरे

बागलुङ, गलकोट नगरपालिका वडा नं ७ मल्म हाल जापानमा रहेका नौ वर्षीय बालकले आफनो जन्मदिनको अवसरमा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष, युवा समाजसेवी एवं उद्यमी दुर्गा थापाका सुपुत्र बिनम्र थापाले गलकोट नगरपालिका ७ मल्म स्थित प्रगति आधारभुत विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीलाई २० हजार मुल्य बराबरको शैक्षिक सामाग्री सहयोग प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिए । कोभिड १९ ओमिक्रोन विश्व व्यापी रुपमा… पुरा पढौ

शिक्षक सेवा आयोगले माग्यो २६ सय निमावि शिक्षक (विज्ञापनसहित)

भक्तपुर - माध्यमिक तहको विज्ञापन खोलेको एक सातामा शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको तृतीय श्रेणीका लागि शिक्षक विज्ञापन खोलेको छ । दुई हजार पाँच सय ९८ शिक्षकका लागि आयोगले बुधबार विज्ञापन खुलाएको हो । निमाविमा शिक्षक बन्न इच्छुक उम्मेदवारले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर माघ ७ देखि १३ गतेसम्म आवेदन हाल्न सकिन्छ ।  खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा गरेर स्थायी पदपूर्तिका लागि आवेदन दिन आयोगले आग्रह गरेको छ । सबैभन्दा धेरै नेपाली र अंग्रेजी… पुरा पढौ

सबैले मनन गर्नैपर्ने नेल्सन मन्डेलाका १७ महावाणी

लोकतान्त्रिक निर्वाचनबाट चुनिएका प्रथम दक्षिण अफ्रिकी राष्ट्रपति तथा नोबेल पुरस्कार विजेता नेल्सन मन्डेलाको ९५ वर्षको उमेरमा सन् २०१३, डिसेम्बर ५ का दिन देहावसान भयो। दक्षिण अफ्रिकामा रहेको रंगभेद नीतिविरुद्ध संघर्षका कारण मन्डेलाले २७ वर्ष जेलमा बिताए। सन् १९९० मा जेलमुक्त भएको चार वर्षपश्चात् उनी राष्ट्रपति बने र एक कार्यकालपछि उनले सो पदका लागि फेरि प्रयाश गरेनन् जुन अफ्रिकी राजनीतिमा विरलै देख्न पाइन्छ।  विश्वमा चारैतिर मन पराइएका यी राजनीतिज्ञ शब्दका जादुगर नै थिए। उनले सन् १९६४ मा न्यायालयमा रिभोनिया देशद्रोह सुनुवाइका बेला गरेको विद्रोहपूर्ण… पुरा पढौ

जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

बागलुङ (ताराखोला )-पछिल्लो समय प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ। तर बागलुङको काठेखोला गाउँपालिका भिमपोखरा जन्मभई हाल:-स्वयम्भू काठमाडौ बस्दै आएका राजेन्द्र मल्ल ( हेन्समले ) आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको हरि माध्यमिक विधालय ताराखोला गाउँपालिका ३ ईदिमा शैक्षिक अक्षकोष स्थापना गरेका छन ।आफ्नो ३३ औं जन्मोत्सवका अवसरमा सो अक्षयकोष स्थापना गरेका हुन। बागलुङको काठेखोला गाउँपालिका भिमपोखरा जन्मेका मल्लले बुधबार परेको जन्मदिनमा बिद्यालयमा ५० हजार रुपैंयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन ।बिद्यालयमा… पुरा पढौ