बागलुङ (ताराखोला )-पछिल्लो समय प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ। तर बागलुङको काठेखोला गाउँपालिका भिमपोखरा जन्मभई हाल:-स्वयम्भू काठमाडौ बस्दै आएका राजेन्द्र मल्ल ( हेन्समले ) आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको हरि माध्यमिक विधालय ताराखोला गाउँपालिका ३ ईदिमा शैक्षिक अक्षकोष स्थापना गरेका छन ।आफ्नो ३३ औं जन्मोत्सवका अवसरमा सो अक्षयकोष स्थापना गरेका हुन।
बागलुङको काठेखोला गाउँपालिका भिमपोखरा जन्मेका मल्लले बुधबार परेको जन्मदिनमा बिद्यालयमा ५० हजार रुपैंयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन ।बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले अक्षयकोष स्थापना
गरेको अक्षयकोषकर्ता मल्लले बताए । आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।
व्यावसायी मल्ल सोलुसन आयुर्वेदिक कम्पनीका म्यानेजर समेत रहेका छन । सामाजिक र धार्मिक गतिबिधिमा सहभागी भई दान र सहयोग गर्दै आउने आइरहेका ब्यक्तिका रुपमा चिनिन्छ ।
उक्त रकमको वार्षिक ब्याज मार्फत प्राप्त रकमबाट विद्यार्थीलाई शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्राप्त गर्ने हरि माध्यमिक विद्यालयका प्रधानध्यापक हरि प्रसाद पौडेलले जानकारी दिए ।