शिक्षा

१५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि बुधबार विज्ञापन खुल्दै

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपूर्तिको लागि विज्ञापन खुला गरेको छ । माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो । आयोगको अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्नेछ । चैत्र १५ परीक्षा सञ्चालन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए । त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको जनाएको छ… पुरा पढौ

अभिनेत्री करिश्मा र गायिका रचना पास भए

काठमाडौँ : अभिनेत्री करिश्मा मानन्धर र गायिका रचना रिमाल कक्षा १२ उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको नतिजामा मानन्धर २.४१ जिपिए र रिमाल ३.४४ जिपिए ल्याएर उत्तीर्ण भएका हुन्। गत भदौ-असोजमा परीक्षा भएको थियो। मानन्धरले गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी थिइन्। करिष्मा राजनीतिमा सक्रिय भएपछि रोकिएको आफ्नो पढाई पुन सुरु गरेकी थिइन्। उनी अब पढाइलाई निरन्तरता दिने पक्षमा छिन्। उनी ग्रामीण विकास विषय लिएर स्नातक पढ्ने तयारीमा छिन्। पछिल्लो समय निकै व्यस्त गायिका रिमालले झापाको भद्रपुरस्थित प्रज्ञा… पुरा पढौ

जापानमा कार्यरत थापाले जन्मदिनको खर्च कटौती गरि विद्यालयमा अक्षयकोष स्थापना गरे

पछिल्लो समय जन्मदिनलाई एउटा पर्वको रुपमा मनाउन थालिएको छ । दिनहुँ सामाजिक सञ्जालमा आजकल जन्मदिनका पोष्टहरु निकै देखिन्छन । प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ । गलकोट नगरपालिका ७ मल्म, आँगाखेत अहिले जापानमा कर्म गरिरहेका एक युवाले भनें आफनो छोराको जन्मदिनमा गाउँको एउटा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन । गलकोट समाज जापान क्षेत्रिय समिती नागोयाका अध्यक्ष समेत रहेका रामु थापा काजीले उक्त परोपकारी कार्य गरेका हुन । दलित र विपन्न विद्यार्थीको बाहुल्यता रहेको… पुरा पढौ

कोरोनाले विथोलिँदै शैक्षिकसत्र, चैतमा पूरा हुन मुस्किल

दशैँ–तिहार सकिएसँगैै देशभरका विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेका छन् । सरकारले यो वर्षकौ शैक्षिकसत्र असार १ गतेबाट चैत मसान्तसम्मलाई तोकेको छ । वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएसँगै विद्यालय बन्द थिए । पठनपाठन ठप्प थियो । कोरोना संक्रमण घट्दै गएसँगै विद्यालय भौतिक रुपमै सञ्चालन हुन थालेका हुन् । सरकारको मापदण्डलाई आधार भान्ने हो भने अब पाँच महिनामा शैक्षिकसत्र सकिन्छ । तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिकसत्र चैत मसान्तमै सक्ने सोच बनाएको छ । एक महिनाको अवस्थालाई हेरेर… पुरा पढौ

एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम गलकोट नगर परिषद सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गण्डकी प्रदेश सदस्य तथा बागलुङ जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिलले नेपालको राजनीतिकसामाजिक र शैक्षिक परिवर्तनमा नेपाली शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।आज हटियामा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम गलकोट नगर परिषदलाई सम्बोधन गर्दै अनिलले उक्त भनाई राख्नु भएको हो । उहाँले शैक्षिक क्षेत्रमा रहेको विकृति र विसंगति हटाउन तथा संघियताको मर्म र भावना अनुसारको संघीय शिक्षा ऐनको आवश्यक भएको बताउनु भयो उहाँले शिक्षकहरु शैक्षिक जिम्मेवारी, पेशागत हक, हितका साथै सामाजिक… पुरा पढौ

नेपाली मूलका बालबालिकालाई नेपालमा अध्ययन गर्न भिषा प्रक्रिया सहज बनाउन शिक्षामन्त्रीले सहयोग गर्ने

थाइल्याण्ड म्यानमार लगायत विदेशीमुलुकमा रहेका नेपाली मूलका नेपाली भाषी बालवालिकाहरुलाई नेपालमा अध्ययनको लागि भिषा प्रक्रियामा सहज गराउन आफूले सहयोग गर्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताएका छन ।गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शिक्षामन्त्री पौडेलसँगको भेटमा मन्त्री पौडेलले आफु थाइनिवासी नेपाली मुलका बाल बालिकाको नेपालमा अध्ययन अध्यापनको लागि समस्या समाधानप्रति सरकारले गर्न सक्ने सबैखाले सहयोगको लागि तयार रहेको बताएका छन ।थाइल्याण्ड र म्यनमार लगायतका मुलुकमा लाखौं नेपाली मूलका नेपाली समुदाय रहेकोले हरेक बर्ष… पुरा पढौ

शिक्षा मन्त्रीलाई अवसरै अवसरको चाङ

विकासको पूर्वाधार शिक्षा हो । शिक्षा व्यावहारिक, रोजगारीमूलक, प्रविधियुक्त र जीवन उपयोगी हुनुपर्छ भन्ने विषयमा कसैको विमति छैन । शिक्षा समृद्धिको आधार हो भनिरहन पर्दैन । व्यक्तिको व्यक्तित्वको विकास, समाजको रुपान्तरण र राष्ट्रको समग्र विकासमा शिक्षाको भूमिकाका विषयमा पनि कुनै भूमिका बाँधिरहन परेन । शिक्षा बुझेको व्यक्तिलाई शिक्षा आफैमा अवसरै अवसरको चाङ हो ।नेपालको राजनीतिक इतिहासमा प्रधान मन्त्री, मन्त्री र शिक्षा मन्त्री बन्ने अवसर त धेरैले पाए । राष्ट्रलाई उपलब्धि के भयो भन्नका लागि जनताको जीवन स्तर अथवा अन्तर्राष्ट्रिय स्तरमा… पुरा पढौ

शैक्षिक बेरोजगार र शिक्षा क्षेत्रमा देखिएका समस्याको सुधारका लागि केन्द्रीत रहने छु- शिक्षा मन्त्री पौडेल

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राज्य प्रणालीको अवधारणलाई सफल तुल्याउन आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादनमा नीतिगत सुधारका लागि प्राथमकिता दिने बताए । सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री पौडेलले शिक्षामा भइरहेको सुधारलाई निरन्तरता दिँदै अरोरात्र खटेर आमूल परिवर्तन गर्ने जनाए । मन्त्री पौडेलले सोहीबमोजिम कार्य गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री पौडेलले भने, “सरकारले पढ्दै, कमाउँदै भन्ने कार्यक्रम पनि ल्याएको छ । शिक्षालाई देश र जनताको हितमा उपयोग गर्न दातृ… पुरा पढौ

विद्यालयमा सिसाकलमले घोचेर विद्यार्थी घाइते!

बागलुङको एक निजी विद्यालयमा व्यवस्थापकीय कमजोरीको कारण विद्यार्थीहरु गम्भीर खालका दुर्घटनामा पर्ने गरेका छन् । बागलुङ बजारको फ्यूचर ब्राईटर माद्यामिक विद्यालयमा दुई हप्ताको अन्तरालमा दुई जना विद्यार्थी घाइते भएको घटना बाहिरिएको हो ।सोही विद्यालयको कक्षा १ मा अध्ययनरत एक विद्यार्थीले आफ्नै कक्षाका दुई साथीलाई सिसाक़लमले कोपेर घाईते भएका हुन् ।गत असोज ७ गते आयुस आचार्यको आखामा सिसाक़लम कोपेको घटना सेलाउन नपाउदै सोमबार सोही कक्षाका आदर्श सापकोटालाई बेन्चमा बस्ने क्रममा सिसाक़लम राखिदिदा सापकोटाको अण्डकोषमा चोट लागेको छ ।चोट लागेका सापकोटाको बागलुङ… पुरा पढौ

अनेरास्ववियू क्रान्तिकारी बागलुङको २४ औं सम्मेलन : मिलन काउचाको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी बाग्लुङको २४ औं जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा´ भन्ने उद्घोषकका साथ गलकोटमा शनिबार सम्पन्न भएको हो । सम्मेेलनले मिलन काउचा मगरको अध्यक्षतामा ४५ सदस्यीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन (क्रान्तिकारी) जिल्ला कार्य समितिको पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा प्रदीप सापकोटा, सचिवमा विकास कँडेल, कोषाध्यक्षमा देवीकुमारी रसाइली र अन्य सदस्यहरु रहेका छन् ।कार्यक्रममा अखिल नेपाल राष्ट्रिय… पुरा पढौ