नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गण्डकी प्रदेश सदस्य तथा बागलुङ जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिलले नेपालको राजनीतिकसामाजिक र शैक्षिक परिवर्तनमा नेपाली शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
आज हटियामा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम गलकोट नगर परिषदलाई सम्बोधन गर्दै अनिलले उक्त भनाई राख्नु भएको हो । उहाँले शैक्षिक क्षेत्रमा रहेको विकृति र विसंगति हटाउन तथा संघियताको मर्म र भावना अनुसारको संघीय शिक्षा ऐनको आवश्यक भएको बताउनु भयो उहाँले शिक्षकहरु शैक्षिक जिम्मेवारी, पेशागत हक, हितका साथै सामाजिक विकास र परिवर्तनका पक्षमा चेतना प्रवाह गर्नुपर्ने बताउनु भयो ।
उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङका शिक्षक प्mयाक्सन इन्चार्ज चन्द्रदत्त रग्मी, जिल्ला सदस्य तिलक उप्रेती, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका सचिव वीरबहादुर चोखाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गलकोट नगर अध्यक्ष ललित श्रीस, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका सल्लाहकार सदस्य तथा पूर्व स्रोतव्यक्ति बमबहादुर थापा, एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकोटका सल्लाहकार संयोजक तेजेन्द्र बुढाथोकी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गलकोट नगर अध्यक्ष काशिला घर्तीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
परिषदमा सचिव हेमबहादुर बुढाथोकीले सांगठनिक प्रगति प्रतिवेदन, अर्थ सचिव टोप बहादुर रानाले आर्थिैक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । परिषदले चूणमाणि शर्माको अध्यक्षतामा २७ सदस्यीय नगर समिति गठन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा वीर बहादुर चोखाल, उपाध्यक्षमा मेघराज रेग्मी, महिला उपाध्यक्षमा सिर्जना घती, सचिवमा हेम बहादुर बुढाथोकी, अर्थ सचिवमा टोपबहादुर राना र सहसचिवमा सुरेन्द्र छन्त्याल रहनु भएको छ ।
परिषदले संगठनको आगामाी २४ गते बागलुङ बजारमा हुने दोस्रो जिल्ला परिषदमा कार्य समिति, सल्लाहकार समिति सहभागि हुने निर्णय गरेको छ ।
कार्यक्रम अध्यक्ष चूणमणि शर्माको अध्यक्षता, उपाध्यक्ष सिर्जना घतीको स्वागत र सचिव हेम बहादुर बुढाथोकीको सत्तचालनमा सम्पन्न भएको थियो ।