शिक्षा

जापानमा दश हजार बढि विदेशी बालबालिका विद्यालयमा अनुपस्थित

जापानमा प्रारम्भिकदेखि जुनियर हाई स्कूल उमेरका सबै विदेशी बालबालिकामध्ये लगभग ७ प्रतिशत अर्थात् १०,०४६ बालबालिकाहरू विद्यालयमा उपस्थित हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ।तर सन् २०१९ मा गरिएको शिक्षा मन्त्रालयले गरेको पछिल्लो सर्वेक्षणअनुसार मे २०२१ सम्ममा त्यस्ता अनुपस्थित विद्यालय बालबालिकाको संख्या झण्डै आधा अर्थात ९,४२५ ले घटेको थियो।प्रारम्भिक र जुनियर हाई स्कूल शिक्षा विदेशीहरूको लागि अनिवार्य नरहेपनि तिनीहरूले चाहेमा सार्वजनिक शिक्षा निःशुल्क प्राप्त गर्न सक्ने व्यवस्था रहेकोलाई आधार बनाएर गरिएको सर्वेक्षणले सो तथ्य देखाएको जापानी संचारमाध्यम माईनिचीले आफ़नो समाचारमा लेखेको छ।… पुरा पढौ

दलित बस्तीमा रहेको विद्यालय भत्केपछि खुला चौरमा पठनपाठन

म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो । विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले दुईकोठे भवन भत्किएको र चारकोठे अर्काे भवन जीर्ण बनेकाले पठनपाठनमा समस्या भएको गुनासो गरे । “गत असोजमा कक्षा ६ र ७ को भवनको पर्खाल भत्किएको थियो”, उनले भने, “कार्यालय र दुई कक्षाकोठा भएको अर्को भवनको पर्खाल पनि… पुरा पढौ

कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट गर्ने निर्णय (तालिकासहित) 

काठमाडौँ– कक्षा १२ को वार्षिक परीक्षा जेठ १६ गतेबाट हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।बोर्डले परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले यो वर्षदेखि कक्षा १२ को परीक्षा होम सेन्टरमा नभई तोकिएका केन्द्रहरूबाट सञ्चालन गरिने जनाएका छन् । विगत दुई वर्ष होम सेन्टरमै परीक्षा गरिएको थियो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । कोभिड १९ को… पुरा पढौ

नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा 

सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए । त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए । आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो । उनीहरुको गाइडका रुपमा… पुरा पढौ

द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना शिक्षकलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषद्को निर्णय 

सरकारले द्वन्द्वपीडित शिक्षकको समस्या सम्बोधनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हालसम्म उमेर हद ननाघेका द्वन्द्वपीडित शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो। शिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार २ सय ३३ जना शिक्षकको पुर्नवहाली हुने छ । जसमा १८ जना शिक्षकको नियुक्ति, ४१ जना शिक्षकको हकमा सेवा सुविधा र दुई सय ८४ जना शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका हुन् । पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा गठित तत्कालिन कार्यदलले २०७३ मंसिर २६ गते दिएको प्रतिवेदन अनुसार… पुरा पढौ

शिक्षामन्त्रीको ऐतिहासिक निर्णय, शिक्षकका ५१ बुँदे माग पूरा (सहमतिको पूर्णपाठ) 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ। सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति पत्रमा हस्ताक्षर गर्दै मन्त्री पौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकहरूका मागहरू कार्यान्वयन गर्ने सहमति भएको बताए। “शिक्षकहरू पहिल्यैदेखि आन्दोलनरत हुनुहुन्थ्यो,” मन्त्री पौडेलले भने, “म पदमा बहाली भएपछि पनि उहाँका मागका विषयमा गम्भीर छलफल गरी कार्यान्वयन गर्ने विषयमा सहमति भयो।” सार्वजनिक शिक्षा सुधार्न मन्त्रालय र महासंघले संकल्प गर्नुपर्ने… पुरा पढौ

जापान प्रवेश नियमहरू सहज भएपछि विदेशी विद्यार्थीहरूलाई प्राथमिकता दिन नसकिने-शिक्षा मन्त्री शिनसुके

पर्यटकका लागि आगमन बन्द गर्दै १ मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई जापानले खुकुलो पार्दा विदेशमा फसेका विद्यार्थीहरूलाई प्राथमिकता भने नदिने स्पष्ट पारेको छ। लामों समयदेखि जापान आउनका लागि करिब १ लाख ५२ हजार विदेशी विद्यार्थीले भिसा स्वीकृत गराइ जापान प्रवेशका लागि हतारिएका भए पनि कोभिड–१९ सम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरू जापान प्रवेश गर्न असमर्थ भएका थिए।जापान आउन हताश विद्यार्थीहरूले सीमा प्रतिबन्ध हटाउन महिनौंदेखि नाराबाजी गर्दै आएका र… पुरा पढौ

शिक्षासेवी श्रेष्ठको स्मृतिमा नयाँ विश्व पत्रिकाद्वारा शोकसभा

नागरिक संचार प्रालिद्वारा संचालित नयाँ विश्व डटकम पत्रिकाका सेयर सदस्य सिद्धार्थ मिलन श्रेष्ठको बुबा सूर्य प्रसाद श्रेष्ठ ‘मिलन’ प्रति पत्रिकाको तर्फबाट भावपूर्ण श्रद्धान्जली र शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । बागलुङ नगरपालिका वडा नं ३ लालिगुराँस चोक निवासि श्रेष्ठको ८० वर्षको उमेर निधन भएको थियो ।शोकसभामा पूर्वशिक्षक तथा संस्कृतिकर्मी सूर्य प्रसाद श्रेष्ठ ‘मिलन’ को निधनले समाजमा अपुरणीय क्षति पृुगेको वक्ताहरुले बताए । शुक्रबार सम्पन्न शोक सभामा नयाँ विश्व डटकमका कार्यसमितिका सदस्य भरत शर्मा,माधव शर्मा र विदेश कुमार श्रेष्ठले… पुरा पढौ

विद्यामन्दिर माविको ८१ औ वार्षिकोत्सव सम्पन्न

बागलुङको सवै भन्दा जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयको ८१ औ वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको वार्षिकोत्सव आज मूल समारोह सहित सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनराज पौडेलले शिक्षा क्षेत्रको विकासको लागि नगरपालिका लागि परेको भन्दै शिक्षा क्षेत्रको विकासमा सवैको साझा पहल हुनुपर्ने बताए । कार्यक्रममा बागलुङका सहायक प्रमुअ जिल्ला अधिकारी गणेश प्रसाद पौडेल,नेकपा एकिकृत समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापा, बागलुङ नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष गणेश थापा ,पूर्व… पुरा पढौ

विद्यामन्दिर माविका पूर्वशिक्षक श्रेष्ठको निधन

शिक्षासेवी सूर्य प्रसाद श्रेष्ठ ‘मिलन’ को उपचारक्रममा निधन भएको छ । ८० वर्षीय श्रेष्ठको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा बुधवार निधन भएको हो । श्रेष्ठको लामो समयदेखि उपचार भइ रहेको थियो । श्रेष्ठ धौलागिरि अंचलकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयका पूर्वशिक्षक तथा संस्कृतिकर्मी थिए । उनले लामो समय विद्यालयमा स्वास्थ्य विषय पढाएका थिए । ‘मिलन’ उपनामले परिचित श्रेष्ठमा चित्रकला,नाटक र रोपाइ नाचमा विशेष दखल थियो । श्रेष्ठले बास्सा नाचका कलाकारहरुलाई सृंगार गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।विद्यामन्दिर माध्यामिक… पुरा पढौ