शिक्षा

कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ?

सुर्खेत , २९ साउन, पहिलो त्रैमासिक सकिन लाग्दासम्म कर्णाली प्रदेशका विद्यार्थीले किताब पाउन सकेका छैनन् । यहाँका विद्यार्थीले ६० हजारभन्दा बढी पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक गएको छैन ।  यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबनबहादुर केसीले जानकारी दिए । कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेसा विषय अलि बढी अभाव रहेको उनले… पुरा पढौ

जापानले विदेशी विद्यार्थीको संख्यालाई ५ वर्षभित्र महामारी पूर्वको स्तरमा पुर्‍याउने लक्ष्य

जापानको शिक्षा मन्त्रालयले देशमा विदेशी विद्यार्थीहरूको संख्या र विदेशमा अध्ययन गर्ने जापानी विद्यार्थीहरूको संख्यालाई २०२७ सम्ममा क्रमशः ३ लाख र १ लाखसम्म राखी महामारी अघिको स्तरमा पुर्‍याउने लक्ष्य राखेको छ।महामारीले विदेशी विद्यार्थी आगमन र उच्च शिक्षा लिन जापानी विद्यार्थी बाहिर जान गम्भीर समस्या पुर्याएपछि यात्रा प्रतिबन्धले विदेशी विद्यार्थीलाई आकर्षित गर्न उत्सुक कर्पोरेट क्षेत्रलाई चिन्ताजनक बनायो।जापानले सन २०१९ मा ३ लाख १० हजारभन्दा बढी विदेशी विद्यार्थीहरू स्वीकार गरेको थियो यो संख्या हालसम्मको रेकर्ड उच्च हो। यो संख्या कोरोनाभाइरस महामारीका कारण पछिल्ला… पुरा पढौ

एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस, हेर्ने तारिक सहित

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना परीक्षार्थी सहभागी थिए । देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरूले परीक्षा दिएका थिए । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि… पुरा पढौ

एसईईको नतिजा साउन १० गते सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्न आवश्यक काम तीव्र रुपमा भइरहेको जानकारी दिए। उनले नतिजामा प्राविधिक रुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीका विवरण रुजु गर्ने कार्यलाई कडाइसाथ निगरानी गरिरहेको बताए। अध्यक्ष डा. शर्माले भने, ‘विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अङ्क, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै बरु केही दिन नतिजा… पुरा पढौ

कविका रचनामा ‘भानु’ 

‘खुबै आनन्दमा हुन्छुदुई–नौ असार आउँदाश्रद्धाले शीर निहुरिन्छतिम्रा कीर्ति सुनाउँदा’ २०९औं भानु जयन्ती समारोहमा स्रष्टाहरूले आदिकविको तस्बिरमा फूल मात्र चढाएनन् शब्दश्रद्धा पनि टक्राए । प्रस्तुत कवितांशमार्फत शब्दकर्मी मेघराज पाण्डेले भानु जयन्तीअर्थात असार २९ लाई गौरवपूर्ण दिनका रूपमा लिए । ‘श्रद्धासुमन’ कविता पाठ गरेपछि पाण्डेले आदिकविप्रति राज्यले दर्शाएको सम्मान स्तुत्य रहेको बताए । ‘भानु जयन्तीमा सार्वजनिक बिदा दिएर गण्डकी प्रदेश सरकारले राष्ट्रिय विभूतिको मूल्यबोध गरेको छ’, उनले भने । कवि धनराज सापकोटा ‘जिज्ञासू’ले सरकारी कार्यालयमा हुने ढिलासुस्तीप्रति कटु प्रहार गर्दै भानुभक्तले लेखेको… पुरा पढौ

मन्त्री भुसाल र लिउले शुरुआत गर्नुभयो –‘स्माइलिङ चिल्ड्रेन’ परियोजना

ऊर्जा, जलस्रोत सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको शुरुआत गर्नुभएको छ । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उहाँहरूले सो परियोजनाको शुरुआत गर्नुभएको हो । त्यस अवसरमा मन्त्री भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो । उहाँले नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानमा… पुरा पढौ

प्रिन्सिपलको कुटाइबाट विद्यार्थी गम्भीर घाइते 

बागलुङको बुर्तिबाङमा प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् । ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ स्थित न्यू मोर्डन एकेडेमीमा कक्षा ९ मा अध्ययन गर्ने तमानखोला गाउँपालिका वडा नम्बर २ भयरबोङ्गाका १५ वर्षीय हिक्मत विक प्रिन्सिपल दीपक कुवँरको कुटाइबाट गम्भीर बनेका हुन् । घाइते विकको शरिरमा चोट नभए पनि टाउको र शरिरका विभिन्न अंगहरुमा निलडाम छन् । टाउकोमा ठूलो चोट पुगेको हुँदा उनलाई रिगंगटा लागेर उठ्न नक्ने भएको विककी आमा मन्सरा विकले जानकारी दिएको आदर्श संचार अनलाइनले समाचार लेखेको… पुरा पढौ

थाइल्याण्ड र म्यानमारमाबाट नेपाल पढ्न जाने विद्यार्थीहरूको सहजीकरणका लागि एनआरएनए थाइल्याण्डको शिक्षामन्त्रीलाई आग्रह

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डले शिक्षामन्त्री देवेन्द्र पौडेल सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा थाइल्याण्ड र म्यानमारमा बाट नेपाल पढ्न जाने विद्यार्थीहरूको सहजीकरणको लागि शिक्षामन्त्रीमार्फत पहल गर्न एनआरएनए थाइल्याण्डले शिक्षा मन्त्री समक्ष माग गरेका छन्। अन्तरक्रियालाई सम्बोधन गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले भविष्यमा गर्न सकिने शिक्षा सम्बन्धी कामहरुको नेपाल सरकार समक्ष पहल गर्ने र त्यसको लागि सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि शिक्षा नै महत्वपूर्ण पूर्वाधार भएकाले यसकै… पुरा पढौ

नागोयामा विद्यार्थीको समस्या बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

जापानको नागोया शहरमा नेपालबाट आएका विद्यार्थीको समस्या र समाधान बारेमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित अधिकांश विधार्थीले आफूहरूलाई एउटै कोठामा धेरै विद्यार्थीहरु कोचेर राखेको गुनासो गरेका थिए । जुन नेपालीहरुले सञ्चालन गरेको होस्टलमा यो समस्या अधिक रहेको बताएका थिए। उनीहरुले जापानमा अरुबाट नभई नेपालीले नेपालीबाटै ठगिन परेको पिडा व्यक्त गरेका थिए। जापानमा नेपालीका निम्ति भनेर खोलेका संघ - संस्थाको ध्यान त्यस तर्फ जान पर्ने उनीहरूको आग्रह रहेको थियो। जापान आएको महिनौं सम्म पनि काम नपाउनु अर्कों प्रमुख… पुरा पढौ

जापानमा नव आगन्तुक विद्यार्थीको सहजताका लागि आरुबाइतो सेचुमेइकाइ ( アルバイト説明会) कार्यक्रम गरिदै

कोरोनाको महामारी पछि ठूलो संख्यामा नेपाली विद्यार्थीहरू जापानमा भाषा अध्ययनको लागि आएको सन्दर्भलाई ध्यानमा राखेर गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति नागोया र नेपाली विद्यार्थी समाज (नेसाज)को संयुक्त आयोजनामा आईतबार पार्ट टाइम जब (आरुबाइतो सेचुमेइकाइ ) सम्बन्धी जानकारीमूलक कार्यक्रम गर्न लागेका छन नया विद्यार्थीहरूमा देखिएको पार्ट टाइम जब (बाइतो) सम्बन्धी समस्यालाइ मध्यनजर गर्दै विभिन्न हाकेन खाइस्याका आधिकारीक व्यक्तिहरुको सहभागितामा आरुबाइतो सेचुमेइकाइ ( アルバイト説明会) तथा जापान बसाईमा गर्नुपर्ने आधारभुत प्रकृयाहरुको बारेमा जानकारीमूलक कार्यक्रम गर्न लागिएको एनआरएनए नागोयाका संयोजक मनोज बम मल्लले… पुरा पढौ