थाइल्याण्ड र म्यानमारमाबाट नेपाल पढ्न जाने विद्यार्थीहरूको सहजीकरणका लागि एनआरएनए थाइल्याण्डको शिक्षामन्त्रीलाई आग्रह

-


     जनहित न्युज    
     असार १ गते २०७९


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डले शिक्षामन्त्री देवेन्द्र पौडेल सँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा थाइल्याण्ड र म्यानमारमा बाट नेपाल पढ्न जाने विद्यार्थीहरूको सहजीकरणको लागि शिक्षामन्त्रीमार्फत पहल गर्न एनआरएनए थाइल्याण्डले शिक्षा मन्त्री समक्ष माग गरेका छन्।

अन्तरक्रियालाई सम्बोधन गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले भविष्यमा गर्न सकिने शिक्षा सम्बन्धी कामहरुको नेपाल सरकार समक्ष पहल गर्ने र त्यसको लागि सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि शिक्षा नै महत्वपूर्ण पूर्वाधार भएकाले यसकै माध्यमबाट दोस्रो विश्वयुद्धताका बाहिर रहेका नेपालीहरुलाई नेपाली भाषा, संस्कृति र कला संग जोड्न, जगेर्ना गर्न, प्रवर्धन र सम्वर्धन गर्न मद्दत गर्नेमा आफू विश्वस्त रहेको पौडेलले बताए ।

त्यस्तै गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भविन्द्र बस्नेतले आफूहरु उठाएको विषय जायज भएको र यसले थाईल्याण्ड, म्यानमार बस्ने नेपालीहरु नेपालप्रति अपनत्व महसुस गर्ने अझै भावनात्मक रुपमा जोडिन महत्वपुर्ण भुमिका खेल्ने भएकाले यथासिघ्र सम्बोधन गर्न शिक्षामन्त्री देवेन्द्र पौडेल लाई अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?