शिक्षा

जापानी कम्पनीले नेपालको ग्रामीण क्षेत्रमा विद्यालय बनाईदिने

टोकियो । जापानको एक ग्रुप कम्पनीले नेपालको ग्रामीण क्षेत्रमा विद्यालय निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । जापानको निचिनोउकेन कान्तोउ ग्रूप कम्पनीले स्थापनाको ५०औं वर्ष पुगेको अवसरमा नेपालको ग्रामीण विकट क्षेत्रमा विद्यालय निर्माण गर्ने उद्देश्यले नेपाली राजदूतावास जापानसँग समन्वय भएको छ । मंगलवार नेपाली दूतावासमा विद्यालय बनाउने बारे छलफल निचिनोउकेन कान्तोउ ग्रूपका अध्यक्ष कोजिमा र राजदूत डा. दुर्गाबहादुर सुवेदी बीच समन्वयत्मक छलफल भएको छ ।यसअघि पनि नेपाल, भियतनाम, मंगोलिया लगाएत विपन्न देशहरुमा उक्त कम्पनीले सामाजिक कार्य गरेको र आफूलाई… पुरा पढौ

शिक्षामा सुधारको प्रयास गरेँ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको बैठकमा आज बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको बताएका छन् । उनले द्वन्द्वबाट विस्थापित साढे पाँच सय बढी शिक्षकलाई पुनःबहाली गरिएको उल्लेख गरे । बाँकी शिक्षकको पुनःस्थापनाका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको मन्त्री पौडेलले बताए । दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले पनि गति लिएको उनको भनाइ छ ।… पुरा पढौ

मोबाइलको लतले विद्यार्थीको पढाइ रूची घट्दै, शिक्षक र अभिभावक चिन्तामा

राजविराज नगरपालिका वडा नं ४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई पछिल्लो समय मोबाइलले तनाव थपिदिएको छ ।  विवाह भएदेखिनै श्रीमानको हिंसा सहदै आफूले छोराको शिक्षामा ध्यान दिएको बताउँने अहिले भने चिन्तित छिन् ।  सधैँजसो रक्सी खाएर श्रीमाले आफूमाथि हिंसा गर्ने गरेको उनी बताउँछिन् । जसोतसो छोरालाई पढाइरहेको उनले एक स्थानीय निजी विद्यालयमा शिक्षिकाको काम थालिन् । छोरा कक्षामा राम्रो विद्यार्थीमा गनिन्थ्यो । कक्षामा पहिलो वा दोस्रो हुन्थ्यो । जीवनमा खुसी आउने उनको सपना लामो समयसम्म टिक्न सकेन । कोरोनाको… पुरा पढौ

बिद्यामन्दिर पुस्तकालयको अध्यक्षमा जनहित न्यूजका सह सम्पादक राम थापा निर्वाचित

नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७४ आ‌ै साधारणसभा र ३६ आ‌ै अधिवेशन शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले जनहित न्यूजका सहसम्पादक समेत रहेका राम थापा अविरललाई पुस्तकालयकाे अध्यक्षमा चयन गरेको छ । सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै अाएकाे बिद्यामन्दिर पुस्तकालय लाई गण्डकी प्रदेश कै नमुना पुस्तकालय बनाउने योजना साथ अगाडि बढ्दै जाने अधिवेशनमा बक्ताहरूले धारणा राखेका थिए । कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय अध्यक्ष सन्तोष रावल ,बिद्यामन्दिर पुस्तकालयका पुर्व… पुरा पढौ

‘निःशुल्क शिक्षा भ्रम मात्र’ कानूनमा निःशुल्क, सहयोगको नाममा शूल्क

काठमाडौं । संविधान र कानूनले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । संविधानले नै आधारभूत तहका शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरेको छ । तर, हालसम्म यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रममात्र सावित भएकोमा सरोकारवालाहरुको जोड थियो ।बुधबार शिक्षा पत्रकार समूहको २३ औं साधारणसभाको अवसरमा आयोजिच निशुल्क शिक्षा खोइ विषयक अन्र्तक्रियामा बोल्दै शिक्षाविद् डा विष्णु कार्कीले निःशुल्क शिक्षा सम्भव नै नभएको ठोकुवा गर्दै निःशुल्कका… पुरा पढौ

संस्थागत तथा सामुदायिक विद्यालयलाई स्वस्थ प्रतिस्पर्धा गराई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छः नगरप्रमुख गैरे

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई स्वस्थ प्रतिस्पर्धा गराएर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताएका छन ।न्यू लाईफ आवासीय माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ द्वारा आयोजित १३ औँ निकेश चन्द्र चोखाल (निवेस) को स्मृति आधारभुत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख गैरेले उक्त भनाई राखेका हुन । उनले गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिको अवलम्वन गर्नुपर्ने बताए । नगरप्रमुख गैरेले यहाँको समृद्धि र विकासको लागि जिम्मा लिने सक्षम नागरीक उत्पादन गर्नु आजको… पुरा पढौ

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि अध्ययन पश्चातको बारेमा परामर्श दिन अनलाइन सेमिनार गरिदै

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि भाषा अध्ययन पश्चात् थप अध्ययन र वर्किङ भिषाको लागि आवश्यक परामर्श दिनको लागि एक अनलाइन सेमिनारको आयोजना गरिने भएको छ ।一般社団法人NPPFJAPAN जनप्रगतिशील हेल्प डेक्स, नेपाली बिद्यार्थी समाज जापान सेन्दाई बिद्यार्थी समूह जापान, जनसहयोग जापान ( Public Support In Japan) को संयुक्त आयोजनामा सेप्टेम्बर २३ तारिकका दिन जापानमा रहेका यससँग सम्बन्धित विज्ञसहित जानकार व्यक्तित्वको सहभागितामा सूचना र जानकारीमूलक अन्तरक्रियात्मक सेमिनार गर्न लागिएको जनप्रगतिशील हेल्प डेक्सका संयोजक राज पुरीले जानकारी दिए ।सो सेमिनारमा जापानको भाषा अध्ययन पश्चात्… पुरा पढौ

“करणी कि यौन दुरूपयोग”

“करणी कि यौन दुरूपयोग”हरेक दिन बजारमा बलत्कारका घटना घटिरहेका छन् । छ्या, कस्तो जमाना आयो । उट्पट्यांग करणी र जालसाजीको मुद्दाको कारणले बजारमा घटेका जबर्जस्ती करणी र बलत्कारको घटना ओझेलमा परिरहेको छ । पल शाल र सन्दिप लामिछाने त प्रतिनिधि पात्रहरू हुन अरू धेरै पात्रहरू हुन सक्छन् । मन मिल्दासम्म गरिएको उठबस, शारीरिक आकर्षण र प्रेम उत्तेजनालाई करणी भन्ने कि नभन्ने सामाजिक संजालमा निकै बहस चलिरहेको छ । आजकल बजारको हल्लाले करणी के लाई भन्ने भनेर पनि विधमान कानुन द्विविधा… पुरा पढौ

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपराह्न तीन बजे बोर्ड बैठक बोलाइएको एक सदस्यले जानकारी दिए ।  गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । उनले नतिजाको अन्तिम रुजु कार्य भइरहेको बताए । यसैगरी बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले पनि आजै नतिजा प्रकाशित गर्ने सम्भावना भएको बताए । उनले भने, 'बेलुकासम्ममा नतिजा प्रकाशन… पुरा पढौ

अष्ट्रेलिया जाने प्रक्रियामा रहेका विद्यार्थीलाई अष्ट्रेलियन इमिग्रेसनको पत्र, दुई विद्यार्थीलाई सिड्नी अन्तराष्ट्रिय विमानस्थलबाटै फिर्ता 

अध्ययनका लागि भिसा पर्खेर बसिरहेका नेपाली विद्यार्थीलाई अष्ट्रेलियन इमिग्रेसनले पत्र पठाएको र अध्यागमनले पाकिस्तानका २ जना बिद्यार्थीलाई सिड्नी अन्तराष्ट्रिय विमानस्थलबाटै फिर्ता गराएको घटनाले विद्यार्थी भिसाको लागि कडाई गरेको खुलेको छ । इमिग्रेसनले भिषाको प्रतिक्षामा रहेका विद्यार्थीलाई पत्र पठाउँदै पहिला नबुझाएको सबै कागजात अबको साताभित्र बुझाउन भनेको छ भने आर्थिक सम्बन्धी नक्कली कागजात पेश गरेको भेटेपछि पाकिस्तानी विद्यार्थीलाई भिसा नै रद्द गरेर विमानस्थल बाटै स्वेदश फिर्ता पठाइएको हो । यस्तै पत्रमा विशेष गरेर विद्यार्थीको अध्ययन योजना पुरा हुन चाहिने आर्थिक व्यवस्थापन तथा प्रायोजन… पुरा पढौ