जापानी कम्पनीले नेपालको ग्रामीण क्षेत्रमा विद्यालय बनाईदिने

-


     जनहित न्युज    
     असाेज २६ गते २०७९


टोकियो । जापानको एक ग्रुप कम्पनीले नेपालको ग्रामीण क्षेत्रमा विद्यालय निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

जापानको निचिनोउकेन कान्तोउ ग्रूप कम्पनीले स्थापनाको ५०औं वर्ष पुगेको अवसरमा नेपालको ग्रामीण विकट क्षेत्रमा विद्यालय निर्माण गर्ने उद्देश्यले नेपाली राजदूतावास जापानसँग समन्वय भएको छ ।

मंगलवार नेपाली दूतावासमा विद्यालय बनाउने बारे छलफल निचिनोउकेन कान्तोउ ग्रूपका अध्यक्ष कोजिमा र राजदूत डा. दुर्गाबहादुर सुवेदी बीच समन्वयत्मक छलफल भएको छ ।
यसअघि पनि नेपाल, भियतनाम, मंगोलिया लगाएत विपन्न देशहरुमा उक्त कम्पनीले सामाजिक कार्य गरेको र आफूलाई सेवा गर्न पाउँदा आनन्द हुने ग्रूप कम्पनीका अध्यक्ष ईसामु कोजिमाले बताए ।
रोटरी क्लब अफ योकोहामा हिरोसिकाका अध्यक्ष समेत रहेका कोजिमाले सामाजिक दायित्व अन्तरगतको कार्य गर्ने शिलशिलामा यस पटक नेपालमा १ करोडभन्दा बढी जापानी येन धनराशी सहयोग गर्ने घोषणा गरेका कम्पनीका अध्यक्ष ईसामुलाई राजदूत विशेष धन्यवाद दिनु हुँदै समन्वयको लागि दूतावासले भूमिका खेल्ने विश्वास दिलाए ।
भेटमा राजदूत डा. सुवेदीले एक करोड भन्दा बढी बजेटमा नेपालको स्थानीयको श्रमदान पनि लिएर ३ वटा विद्यालय बनाउन आग्रह गर्दै अर्कों चरणको छलफल गर्ने र दूतावासबाट आवश्यक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

उक्त भेटमा निचिनोउकेन कान्तोउ ग्रूपका अध्यक्ष ईसामु कोजिमा, राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख अम्बिका जोशी, कम्पनीका महाप्रबन्धक मनिश श्रेष्ठ र समन्वय भूमिका पत्रकार महासंघ जापानका सचिब शान्त पहरीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?