बिद्यामन्दिर पुस्तकालयको अध्यक्षमा जनहित न्यूजका सह सम्पादक राम थापा निर्वाचित

-


     जनहित न्युज    
     असाेज ८ गते २०७९


नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७४ आ‌ै साधारणसभा र ३६ आ‌ै अधिवेशन शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले जनहित न्यूजका सहसम्पादक समेत रहेका राम थापा अविरललाई पुस्तकालयकाे अध्यक्षमा चयन गरेको छ ।

सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै अाएकाे बिद्यामन्दिर पुस्तकालय लाई गण्डकी प्रदेश कै नमुना पुस्तकालय बनाउने योजना साथ अगाडि बढ्दै जाने अधिवेशनमा बक्ताहरूले धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय अध्यक्ष सन्तोष रावल ,बिद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्ष
एंवम कार्यवाहक प्रधान संरक्षक परशुराम श्रेष्ठ ,सम्मानित ब्यक्ति पुर्व अध्यक्ष लालचन्द्र राजभण्डारी ,सल्लाहकार देवबहादुर श्रेष्ठ
बागलुङ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष शशि कपुर श्रेष्ठ ,लगायतका बक्ताहरूले सामुदायिक पुस्तकालय लाई समय अनुकूल पाठक मैत्री बनाउन सकेको खण्डमा मात्रै पुस्तकालयमा पाठक भित्र्याउन सकिने अन्यथा पुस्तकालयमा पाठक घट्दै जाने धारणा राखेका थिए ।

कार्यक्रममा पुस्तकालयले स्थापना गरेको पुस्तकालयका संस्थापक स्वर्गीय आ‌ेम प्रसाद गाैचन र मेघकुमार बैध बाट बिद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्ष लालचन्द्र राजभण्डारी लाई प्रमाणपत्र र दाेसल्ला बाट सम्मान गरेको थियो भने पुस्तकालयका पुर्व अध्यक्ष महेशचन्द्र प्रधानले आफ्नो स्वर्गीय मातापिताको नाममा स्थापना गरेको हरि माेहन स्मृति सम्मान समाजसेवी देव बहादुर श्रेष्ठलाई नगद सहित प्रमाणपत्र र दाेसल्ला बाट सम्मान गरिएको थियोे ।

साधारणसभामा पुस्तकालयका सचिव रामचन्द्र शर्माले प्रगति प्रतिवेदन र काेषाध्यक्ष काेपीला कडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बिधुतीय पुस्तकालय संचालन भए पछि सामुदायिक बिद्यालय र निजी बिद्यालयमा अध्ययन गर्ने गरिब दलित तथा बिपन्न बर्गका बिद्यार्थिले निशुल्क रूपमा अध्ययन गर्न पाएकाे कारणले पनि अहिले पुस्तकालयमा अाउने गरेको सचिवले प्रतिवेदन मार्फत जानकारी गराएका थिए ।

२००३ सालमा शिक्षा प्रेमी अाेम प्रसाद गाैचन र मेघ कुमार बैधले स्थापना गरेको सामुदायिक पुस्तकालय अहिलेसम्म नियमित रूपमा सबै खालका पाठकलाई बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म सेवा प्रदान गर्दै अाएकाे छ ।पुस्तकालयकाे सहायक अंगकाे रूपमा रहेको रत्न श्रेष्ठ नेपाली बाङ्गमय कक्ष पनि नियमित रूपमा बिहान १० देखि पाठकहरूकाे लागि खुला रहदै अाएकाे छ ।

पुस्तकालयमा सामाजिक राजनीति धार्मिक सांस्कृतिक लगायतका १७ हजार ८ सय ५० भन्दाबढी हस्तलिखित पुस्तक पत्रपत्रिका समेत रहेको कारणले पनि पुस्तकालयमा टाढा टाढा देखि पाठकहरू अाउने गर्छन् ।

साधारणसभाकाे अध्यक्षता पुुस्तकालयका अध्यक्ष रामप्रसाद शर्मा स्वागत पुस्तकालयका उपाध्यक्ष राम थापा र सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?