
“करणी कि यौन दुरूपयोग”
हरेक दिन बजारमा बलत्कारका घटना घटिरहेका छन् । छ्या, कस्तो जमाना आयो । उट्पट्यांग करणी र जालसाजीको मुद्दाको कारणले बजारमा घटेका जबर्जस्ती करणी र बलत्कारको घटना ओझेलमा परिरहेको छ ।
पल शाल र सन्दिप लामिछाने त प्रतिनिधि पात्रहरू हुन अरू धेरै पात्रहरू हुन सक्छन् । मन मिल्दासम्म गरिएको उठबस, शारीरिक आकर्षण र प्रेम उत्तेजनालाई करणी भन्ने कि नभन्ने सामाजिक संजालमा निकै बहस चलिरहेको छ । आजकल बजारको हल्लाले करणी के लाई भन्ने भनेर पनि विधमान कानुन द्विविधा हुदै छ । पिडक पिडित, पिडित पिडक पो हुने हो कि भन्ने डर बढ्दै गएको छ । यौन सम्बन्धलाई फरक परिभाषा गर्दै अपराधीकरण गर्न थालियो । कसैको भविष्यमा खेलवाड गर्ने अधिकार कसैलाई छुट छैन ।
उमेरसँगै बढेको यौन उत्तेजना र वैंशलाई सन्तुलित गर्न सिकौ । कुनै दिन कानुनले तपाईको घरको ढोका ढकढकाउने अवस्था नआओस् । सचेत बनौं, खबरदारी गरौं ।
कविता “वैशको बजार”
वैंशको बजारमा ग्रीष्मको राप पढ्यो
निकै उकुमुकुस हुने गरी
वैंशको खबरले बजार ततायो
कतै बलत्कार, कतै सहबास, कतै यौन दुरूपयोग
यौन आवश्यकता हो या शरिरको चाह
बनस्पतिमा पनि परागसेचन अनिवार्य
प्राणी जगतमा यौनाकर्षण
श्रृष्टिको रचना र समाजको चलायमान पनि जरूरी
विज्ञान र प्राणी कस्तो उस्तै, सम्बन्ध पनि त्यस्तै
विज्ञानले भन्छ चुम्वकमा पनि त आकर्षणको गुण हुन्छ
विपरित ध्रुवको मेल हुन्छ
विपरीत ध्रुवको मेल अनि बहुउपयोगी आविष्कार हुन्छ
उनी राम्री छिन् उनीलाई म राम्री देख्छु
उनी प्रतिको आकर्षण बढ्छ
माया मोह जाग्छ, प्रेम हुन्छ
अनि मुनामदनको कथा बन्छ
मुनामदन त माया गर्नेहरूको कथा हो
जहाँ दुःख बिसाइन्छ
सुख खोजिन्छ
मिलेर संसार चलाउने
मायामा आमा पाउँछौ
मायामा दिदीबहिनी
प्रेममा स्त्री
ममतामा छोरी
त्यसैले त स्त्री जगत जननी
उमेर सँगै यौन तृप्तिको चाह बढ्छ
त्यसरी त विवाह संस्था बन्छ
सन्तान प्राप्ति हुन्छ
श्रृष्टि चलायमान हुन्छ
तर, आज समयसँगै आधुनिकता हो
या समयको द्विविधा
वैंश र उश्रृंखलताको उन्माद हो या
सामाजिक सम्बन्ध र संस्कारको बिल्लिबाठ
यौन बाच्ने आयको विकल्प बन्यो या
उमेर बढ्दै शरिरको चाह वा आकर्षण
सहमतिमा सहबास हुन्छ या जोडबलमा
सहबासलाई आज करणी भन्न थालियो त कतै यौन दुरूपयोग
प्रेम र मायाको अर्कै परिभाषा खोजियो
वैंशको बजारमा ग्रीष्मको राप पढ्यो
निकै उकुमुकुस हुने गरी
वैंशको खबरले बजार ततायो
कतै बलत्कार, कतै सहबास, कतै यौन दुरूपयोग
बजारमा नारी संवेदनाको
सस्तो लिलामी मोलमलाई भयो
उट्पट्यांग करणी र सहबासले
स्त्री जगत जननीमा प्रश्न ठडायो
मर्यादा पुरूषको अस्तित्व बाकी रहेन
तिमी यौनको दिवा स्वप्नमा हुदाँ
तक्मे र झिल्केहरूले रास लिला रचाए
आजकल बजारमा यस्तै बर्ताएका कथाहरू छाए
वैंशको बजारमा ग्रीष्मको राप पढ्यो
निकै उकुमुकुस हुने गरी
वैंशको खबरले बजार ततायो
कतै बलत्कार, कतै सहबास, कतै यौन दुरूपयोग