अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जापानव्यापी निवन्ध प्रतियोगिता २०२१ आयोजना गरिएको छ ।
गैर आवसीय नेपाली संघ (एनआरएनए), क्युस्यु क्षेत्रीय समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा आवेदन खुला गरिएको छ । ‘मेले चिनेको र चाहेको एनआरएनए’ निबन्धको शीर्षक राखिएको छ । जसका लागि यही जुलाई १६ देखि अगस्ट १० सम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार येन प्रदान गरिनेछ । त्यसैगरी द्वितीयलाई ४५ हजार येन, तृतीय हुनेलाई २० हजार र सान्त्वना पुरस्कार १० हजार येन प्रदान गरिनेछ ।
निबन्ध लेखन नेपाली भाषामा गर्न र आफ्नो सम्पर्क नम्बरसमेत संलग्न गरी अगस्ट १० तारिखसम्ममा एनआरएनए क्युस्युको nrnakyushu2019@gmail.com मा पठाउन भनिएको छ ।
प्रतियोवगताका लागि जापानमा बसोबास गर्ने नेपाली तथा नेपाली मुलुका जापानिज नागरिकहरुले मात्र सहभागी हुन पाउने, निबन्ध लेख्दा २ हजारदेखि २५ सय शब्दसम्मको हस्तलिखित वा टाइप गरेको हुनुपर्ने लगायत नियम मापदण्ड तोकिएको छ ।