राजनीति

ओली सच्चिएर आए चुनावमा तालमेल हुन सक्छ,नयाँ पार्टी बनाउँछौ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ शक्ति निर्माणमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् काठमाडौंमा मंगलबार जनवर्गीय संगठनले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’ “ओलीले गल्ती स्वीकार गरेर आए जहिले… पुरा पढौ

माधव नेपालसहित १४ सांसदमाथि एमालेको कारबाही, संसद सचिवालयलाई पत्र

नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको छ भने निर्वाचन आयोगमा जानकारी गराइएको स्रोतले जानकारी दिएको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो।  ओली पक्षले वरिष्ठ नेता माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला… पुरा पढौ

अध्यादेश ल्याउने तयारी भएपछि केपी ओली निवास बालकोटमा पुगे नेताहरू

सरकारले संसद अधिवेशन अन्त्य गरेपछि राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आउने हल्लाले प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेका छन् । सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । संसद अधिवेशन आजै मध्यराति अन्त्य हुँदैछ । माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना कांग्रेस नेताहरुबाटै पाएपछि ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल गर्न लागेका हुन् । महासचिव ईश्वर पोखरेलसहित पार्टीका पदाधिकारी र स्थायी… पुरा पढौ

माओवादीको निर्णय : जिल्ला समिति खारेज, ३५ प्रतिशत महिला र १५ प्रतिशत दलितलाई स्थान दिइने

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतवार सकिएको छ । शनिबारदेखि सुरु भएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका राजनीतिक प्रतिवेदन, विधान संशोधन र समसामयिक प्रस्ताव पास गर्दै सकिएको हो। बैठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा गठित समूहगत सुझावलाई पनि स्वीकारेर विभिन्न प्रस्ताव पास गरिएको बताएका छन्। बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदम असफल भएको निचोड निकालेको छ। ‘प्रतिगामी कदम असफल भएको छ तर प्रतिगामी खतरा टरिसकेको छैनु, माओवादीले भनेको छ, ’संविधान र लोकतन्त्रको… पुरा पढौ

माओवादी केन्द्रले ग¥यो वडा तहका कमिटि पुर्नगठन

बागलुङ-नेकपा विभाजनपछि पूर्ववत् दलको हैँसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (मोआवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुर्नठनमा लागेको छ । पार्टी केन्द्रले देशभरका वडा कमिटि पुर्नगठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटिले पूर्णता पाएका छन् । ८५ वटै वडामा नयाँ कमिटि बनेको माओवादी केन्द्रका जिल्ला सचिव ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिए । एकतापछिको नेकपा छँदा एमाले र माओवादी केन्द्र समायोजित भएर केन्द्रदेखि वडासम्म पार्टी कमिटि गठन भएका थिए । त्यस बेला एउटा पार्टीबाट अध्यक्ष र अर्कोबाट सचिवमा चुनिएका… पुरा पढौ

मंसिर ९ गते महाधिवेशन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले १४ औं महाधिवेशन आसन्न मंसिरमा गर्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गते महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए । उनका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने समय तोकिएको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेस बैठकले निर्णय गरेको छ । वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश… पुरा पढौ

बडिगाड गाउँपालिका–१० र ४ मा माओवादी केन्द्रको वडा कमिटी गठन

बागलुङको क्षेत्र नम्बर २ अन्तर्गतका पालिकाहरुमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले वडा कमिटी गठनलाई तीब्रता दिएको छ । शनिबार बडिगाड गाउँपालिका–१० र ४ मा वडा कमिटी गठन गरिएकोछ । बडिगाडमा बिरेन्द्रकुमार बुढाको अध्यक्षातामा २९ सदस्य वडा कमिटी विस्तार गरिएको छ । जसको सचिवमा शक्तिराम थापा रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र जिल्ला सदस्य एवं निर्वाचित वडाध्यक्ष विरेन्द्रकुमार बुढाले जनताको वलिदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न माओवादी केन्द्र नै अग्रसर हुनपर्ने भन्दै स्थानीय तहदेखि केन्द्रसम्म माओवादी एकताबद्ध हुनपर्ने बताए… पुरा पढौ

प्रचण्डको राजनीतिक प्रतिवेदन : ओलीको अहंकार र पदलोलुपताले नेकपा विभाजन (पूर्णपाठ)

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू कुर्सीमा पुग्नका लागि मात्रै पार्टी एकताको नाटक गरेको आरोप लगाएका छन्।  पार्टीको शनिबारदेखि सुरु केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले यस्तो आरोप लगाएका हुन्।  ‘०७५ जेठ ३ गते नेकपा एमाले  र माओवादीबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्माण भयो। यसले नेपाली जनताको र कम्युनिष्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशिल, देशभक्त जनसमुदायमा निकै सकारात्मक सन्देश र उर्जा प्रवाह गर्यो।' प्रचण्डले लेखेका छन्, 'तर, पार्टीका… पुरा पढौ

नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । महासमिति बैठकले गरेको निर्णय अनुसार केन्द्रीय सदस्य पनि वडामा गएर चुनाव जितेर आउनुपर्ने व्यवस्था हटाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामाको दिने भएका हुन् । कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुको माग छ ।  यी हुन राजीनामा… पुरा पढौ

कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री, नियुक्त छ मन्त्रिले पनि लिए सपथ

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ४ गठबन्धनकाे समर्थमा केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । केसी नेपालकाे संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार मुख्यमन्त्री पदमा नियक्त भएका हुन् । गठबन्धनले आज बिहान ४२ सांसदकाे हस्ताक्षर सहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्री पदमा केसीलाई दाबी पेश गरेका थिए । प्रदेश प्रमुख शेरचनले… पुरा पढौ