राजनीति

एकीकृत समाजवादीले पायो दलको वैधता

माधवकुमार नेपाल नेतृत्वको नेपाल  कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता भएको छ।  बुधबार दिउँसो भएको सनाखतपछि निर्वाचन आयोगले नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राजनीतिक दलका रुपमा वैधता दिएको हो। एमालेबाट अलग भएर माधव नेपाल पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।  आयोगले माधव नेपाललाई आधिकारिकता दिएसँगै नेकपा एमाले कानूनीरूपमा पनि फुटेको छ । एकीकृत समाजवादी निर्वाचन आयोगमा १६६ नम्बरमा दर्ता भएको… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी) पार्टीमा २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत

नेकपा एमालेबाट छुट्टिएर नयाँ राजनीतिक दल दर्ता गएका माधव नेपाल समूहका २९ जना सांसदहरूले निर्वाचन आयोगमा पुगेर हस्ताक्षर सनाखत गरेका छन् । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३३ जना सांसद सनाखतको लागि निर्वाचन आयोग पुगेको भए पनि आयोगले उनीहरू सबैको नाम सनाखत गर्न मानेन । मंगलबार निर्वाचन आयोगमा नाम दर्ता गराएका सांसदहरु सोमप्रसाद पाण्डेसहितका चार सांसदको सनाखत हुन नसकेको हो। त्यस्तै ५५ जना केन्द्रीय सदस्यको समेत सनाखत भएको छ। ४ जना केन्द्रीय सदस्यको सनाखत गर्ने क्रममा रहेका छन्। भारतको… पुरा पढौ

सामूहिक फोटो खिचाउँदै एमाले स्थायी कमिटीले गर्यो यस्ता निर्णय

नेकपा एमालेको स्थायी कमिटी बैठकले एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालको साथ छाडेर आएका १० जना स्थायी कमिटी सदस्यहरु समेत गरी आजको बैठक बसेको थियो । बैठकपछि नेताहरुले सामूहिक तस्वीर खिचाउँदै एकताको सन्देश पनि दिएका छन् माधव कुमार नेपालले पार्टी विभाजन गर्दै नेकपा एकीकृत समाजवादी बनाउन निर्वाचन आयोगमा प्रक्रिया शुरु गरिसकेको अवस्थामा एकताका लागि भन्दै ‘तेस्रो धार’का रुपमा देखा परेका नेताहरुसहितको बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा… पुरा पढौ

एकताबादी तटस्तबादी! उहाँहरुले नाटक बन्द गरे हुने!

जता मन लाग्छ त्यता जानुहोस, नाटक बन्द गर्नुहोस। युवा नेतृत्व कम्युनिस्ट र कांग्रेस दुवैमा बिकास होस भन्ने चाहेको हो देशले र पार्टीहरु नफुटुन भन्ने पनि चाहेको हुन जनताले । एमाले फुट्यो, मानिसहरुले नचाहदा पनि। यो फुट्नुमा अहिले तटस्थबादी हुनेको भूमिका सानो छैन। स्वयम तपाइँहरुलाई थाह छ। तर तपाईको सिद्धान्त के हो देखिएन। पदमा बस्ने, भोली पनि माननीय हुने, मन्त्री हुने, मौका परे दन्काउने। सबैलाई थाह छ एकताका नाममा भैरहेको स्थान सुरक्षा र बार्गेनिङ! थोरै यो जनता र देशका लागि हो!हिजो… पुरा पढौ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई राजीनामा दिन तयार

पार्टी विभाजनसँगै एमाले नेतृत्वको प्रदेश १ सरकार संकटमा परेको छ । एमालेका कम्तिमा १५ जना सांसद माधवकुमार नेपाल नेतृत्वको ‘नेकपा एमाले समाजवादी’मा जाने भएपछि शेरधन राई मुख्यमन्त्री रहेको प्रदेश १ को सरकार ढल्ने निश्चित भएको छ । एमाले विभाजनसँगै नयाँ सरकार गठनको कसरत पनि शुरु भएको छ । ओली नेतृत्वको एमालेले अन्तिम समयमा माधवको साथ छोडेका भीम आचार्यलाई मुख्यमन्त्री बनाउने प्रयास थालेको छ । तर, विपक्षी गठबन्धन बलियो रहेकाले आफ्नो नेतृत्वमा सरकार नबन्ने बुझेपछि आचार्य मुख्यमन्त्रीको उम्मेदवार बन्न तयार छैनन्… पुरा पढौ

दल विभाजसम्बन्धी अध्यादेशविरुद्ध अदातलमा ६ वटा रिट

सरकारले जारी गरेको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा छ वटा रिट परेका छन् । अधिवक्ताहरू अर्जुन अर्याल र शकुन्तला भुषालले, निकेशकमार लम्साल र अनुपा अर्यालले, प्रवेश केसीले, श्रीकान्त बरालले, दलबहादुर धामीले तथा अधिवक्ता सरोज बुढाथोकी र आशिष श्रेष्ले अध्यादेशविरुद्ध रिट दायर गरेका हुन् । रिटमा सरकाले जारी गरेको अध्यादेशले राजनीतिक स्थिरता र दलभित्र बहस तथा वादविवादमा सहमति खोज्ने परम्परा अन्य गरी दल फुटाउने विकृति ल्याउने भन्दै अध्यादेश खारेजीको माग गरिएको छ । बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले… पुरा पढौ

एमाले (समाजवादी) गठनपछि माधव नेपालको अपिल– एमाले पुनर्गठन र रूपान्तरणको महाअभियानमा जुटौँ

प्रस्तावित एमाले (समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले पुनर्गठन र रूपान्तरणको महाअभियानमा जुट्न अपिल गरेका छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेपछि अपिल जारी गर्दै नेपालले देश, जनता र कम्युनिस्ट आन्दोलनप्रतिको आफ्नो दायित्वबाट पन्छिन नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘हामी आफ्नो राष्ट्र र जनताप्रतिको कर्तव्यपालनाबाट विमुख हुन पनि सक्तैनौँ । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको… पुरा पढौ

राजनीतिक दलसम्बन्धी अध्यादेश : के के छन् नयाँ व्यबस्था (अध्यादेश सहित)

सरकारले राजनीतिक दलका २० प्रतिशत केन्द्रीय सदस्यले नयाँ दल गठन गर्न सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज जारी गर्नुभएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ मा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को उपदफा (२) मा रहेका शब्द हेरफेर र उपदफा (२क) थपिएको छ । ऐनमा रहेका ‘केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले’ भन्ने शब्दको सट्टा अध्यादेशमा ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता… पुरा पढौ

ओलीले सडकमा फालिदिएपछि क्रान्तिकारी धार समात्न एमाले समाजवादी बनायौँ : माधव नेपाल (अन्तर्वार्ता)

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको छ । यससँगै लामो समयदेखि दुई चिरामा रहेको एमाले औपचारिक रुपमा विभाजित भएको छ। २०४७ सालमा एमाले गठन गर्ने मध्येका एक नेपाल सधैँ एमालेको संस्थापन धारमै थिए। यसपाली आफैँले बनाएको पार्टी छोडेर नयाँ पार्टी गठन गरेका नेपालले नेपालखबरसित कुराकानी गर्दै भनेका छन्, 'एमाले आफैले हुर्काएको नाम… पुरा पढौ

माधव नेपाल नेतृत्वको एमाले समाजवादी दर्ता, खनाल वरिष्ठ नेता

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको छ । एमाले वरिष्ठ नेता नेपालले पार्टी एकताकाे संभावना टरेपछि नयाँ दल दर्ताका लागि निवेदन दिएका छन। नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए। नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ… पुरा पढौ