प्रदेश १ का मुख्यमन्त्री शेरधन राई राजीनामा दिन तयार

-


     जनहित न्युज    
     भाद्र ३ गते २०७८


पार्टी विभाजनसँगै एमाले नेतृत्वको प्रदेश १ सरकार संकटमा परेको छ । एमालेका कम्तिमा १५ जना सांसद माधवकुमार नेपाल नेतृत्वको ‘नेकपा एमाले समाजवादी’मा जाने भएपछि शेरधन राई मुख्यमन्त्री रहेको प्रदेश १ को सरकार ढल्ने निश्चित भएको छ ।

एमाले विभाजनसँगै नयाँ सरकार गठनको कसरत पनि शुरु भएको छ । ओली नेतृत्वको एमालेले अन्तिम समयमा माधवको साथ छोडेका भीम आचार्यलाई मुख्यमन्त्री बनाउने प्रयास थालेको छ । तर, विपक्षी गठबन्धन बलियो रहेकाले आफ्नो नेतृत्वमा सरकार नबन्ने बुझेपछि आचार्य मुख्यमन्त्रीको उम्मेदवार बन्न तयार छैनन् । आचार्य मुख्यमन्त्री बन्न तयार भए पनि एक महिनाका लागि मात्र हुनेछन् । बागमती जस्तै प्रदेश १ मा पनि आचार्यलाई दलको नेता चयन गर्दै एमालेले एक महिना सत्ता टिकाउन सक्छ । तर, एक महिनापछि विश्वासको मत गुमाएर बाहिरिनुपर्ने हुन्छ ।

मुख्यमन्त्री शेरधन राईले बहुमत सुनिश्चित हुने अवस्था आए राजीनामा दिन तयार रहेको पार्टी बैठकहरूमा बताउँने गरेका छन् । एमालेका नेता तथा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पार्टी विभाजनको असर प्रदेशमा पनि पर्ने भएकाले पार्टीबाटै बहुमत सावित गरेर नयाँ सरकार गठनको प्रयास भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?