राजनीति

सरकारको न्यूनतम साझा कार्यक्रम सावर्जनिक, स्वास्थ्य सामग्री खरिद अनियमितताकाे छानबिन गर्ने

वर्तमान गठबन्धन सरकारका प्राथमिकता, नीति र कार्यक्रम आइतबार सार्वजनिक गरिएको छ।  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो। गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलको संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको छ।… पुरा पढौ

का. मनोज भट्टद्वारा प्रस्तुत विचारहरु बारे

का. मनोजजीले २०७८, श्रावण १५ गते एउटा अनलाइन पत्रिमा मार्फत प्रस्तुत गरेका कतिपय विचारहरुबाट तथ्यको तोडमोड भएकाले स्पष्ट पार्न गैरहेको छु ।आठौ महाधिवेशन ने.क.पा. (मसाल)को महाधिवेशन हो । मनोज भट्ट राष्ट्रिय जनमोर्चाको वर्तमान महासचिव हुनुहुन्छ । ने.क.पा. (मसाल) एउटा भूमिगत पार्टी हो । का. मनोजले ने.क.पा.(मसाल)का बाहिर गएका नीतिगत विषयवस्तु बारे टिकाटिप्पणी गर्नसक्नु हुन्छ । तर उह“ाले आफ्ना लेखहरुमा पार्टीभित्रका आन्तरिक विषयहरु बारे पनि उल्लेख गर्नुभएको छ । अनुशासनका दृष्टिकोणले हेर्ने हो भने राजमोका महासचिवले मसालको आन्तरिक विषयबारे सार्वजनिक रुपमा… पुरा पढौ

कार्यदलले सत्तारुढ गठबन्धनका शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रम

सरकार सञ्चालनका लागि सुझाव दिन गठित सत्तारुढ दलको सात सदस्यीय कार्यदलले प्रभावकारी सरकार सञ्चालनका लागि संघ, प्रदेश र जिल्लामा ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ गठन गर्न प्रस्ताव गरेको छ । कार्यदलले शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ‘गठबन्धन सरकार सञ्चालन कार्यविधि’ मा ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ गठन गर्ने प्रस्ताव अघि सारिएको हो । यस्तो समन्वय समिति प्रदेश र जिल्ला तहमा पनि गठन गर्ने प्रस्ताव गरिएको छ । स्थानीय तहमा भने यस्तो संयन्त्र निर्माणको प्रस्ताव गरिएको छैन । कार्यदलले संघ प्रदेश र… पुरा पढौ

केपी ओली र माधव नेपाल वार्ता गर्न तयार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपालबीच साउन १९ गते भेटवार्ता हुने तय भएको छ । नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि दुई नेता बीच छलफल हुन लागेको हो । नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले भोलि दुई नेताबीच छलफल हुने तय भएको जानकारी दिए । ‘दुई नेताहरु बीचमा भोलि भेट हुन्छ । ठाउँ र समय भने यकिन भएको छैन’ पोखरेलले भने । आज बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टीमा जारी विवाद समाधानको… पुरा पढौ

देउवा नेतृत्वकाे सरकारमा नजाने एमाले नेपाल पक्षको निर्णय

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको बैठकले देउवा सरकारमा नजाने र एमाले एकताका लागि कार्यदलस्तरमा छलफललाई निरन्तरता दिने निर्णय गरेका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए । बैठकले एकताको विकल्प बाँकी रहेकाले एकता प्रयास जारी राख्ने समझदारी गरेको छ । हालै एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालविरुद्ध दिएको अभिव्यक्तिलाई बैठकले एकताविरोधी भएको ठहर गरेको छ… पुरा पढौ

माओवादी बनेकी सांसद एमालेमै फर्किइन्

केही दिनदेखि सम्पर्कविहीन भएको भनिएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफू एमालेमै रहेको बताएकी छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई एमाले कित्तामा उभ्याएकी हुन् । उपनिर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित उनी यसअघि नेकपा माओवादी केन्द्रतिर लागेकी थिइन् भने सोमबार विपक्षी गठबन्धनका तर्फबाट प्रदेश प्रमुख समक्ष पेस गरिएको निवेदनमा समेत उनलाई गणना गरिएको छ । तर अहिले आएर वलीले आफूले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा कानूनी रुपमा ठीक… पुरा पढौ

नेकपा माओवादी केन्द्रले भन्यो – ‘साउन ३० गतेभित्र वडा कमिटी गठन गर्नू’

नेकपा (माओवादी केन्द्र)ले साउन ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै कमिटीहरुलाई साउन ३० गतेभित्र सबै वडा कमिटीको गठन गर्न र पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकमा आउने केन्द्रीय सदस्यहरुले प्रदेश कमिटीबाट अद्यावधिक विवरण लिएर आउन निर्देशन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले भने,‘पार्टीका सबै कमिटीहरुलाई यहीँ साउन ३० गतेभित्र देशभरीका सबै वडा कमिटीहरु गठन गर्न र त्यसको अध्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा केन्द्रीय… पुरा पढौ

महराले उच्च अदालतबाट पाए सफाइ

पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार अभियोगमा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले गरेको अभियोगको दाबी नपुग्ने फैसलालाई उच्च अदालतले पनि सही भएको ठहर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासबाट सो फैसला भएको उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माले बताए । सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । आरोपपछि उनले २०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिएका… पुरा पढौ

जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र पक्षलाई दिने

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको पाँच सदस्यीय इजलासले आज (सोमबार) यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। जसपा केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदा यादव पक्षमा बहुमत रहेकाले उक्त पक्षलाई आधिकारिकता दिने निर्णय गरिएको उनले बताए।   त्यसअघि आजै आयोगले जसपाको केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गरेको थियो। जसमा अध्यक्ष यादव पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले सनाखत… पुरा पढौ

कांग्रेसमा क्रियाशील सदस्यता विवाद :वडा तहका अधिवेशन स्थगित

सत्तारुढ नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । क्रियाशील विवाद नटुंगिएपछि १२ साउनका लागि तय गरिएको वडास्तरीय अधिवेशन स्थगित गरिएको हो । शनिबार बुढानीलकस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गरेको  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।    'क्रियाशील विवाद कायमै छ । त्यो छानविन समितिले विवाद समाधानको प्रयास गरिरहेको छ,' प्रवक्ता शर्माले भने, ' वडा तहको अधिवेशनको मिति अब केन्द्रीय समितिको बैठकले तय गर्नेछ । ' … पुरा पढौ