;fj{hlgs ul/Fb} sf7df8f}F, @$ ;fpg . k|wfgdGqL z]/axfb'/ b]pjf dfcf]jfbL s]Gsf cWoIf k'iksdn bfxfn k|r08nufot ;Qf u7aGwg sf g]tfx¿ cfOtaf/ k|wfgdGqL sfof{no l;+xb/af/df ;+o'Qm ;/sf/sf] ;femf Go"gtd sfo{qmd ;fj{hlgs ub}{ . t:jL/M /f;;
वर्तमान गठबन्धन सरकारका प्राथमिकता, नीति र कार्यक्रम आइतबार सार्वजनिक गरिएको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।
गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गरेका हुन्।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलको संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको छ। सरकारको प्राथमिकतामा कोरोनाविरूद्ध चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा खोप दिने उल्लेख छ। यस्तै केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छानबिन गरी कारबाही गरिने कार्यक्रम पनि समावेश छ।
लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्ने सरकारको घोषणा छ।
उक्त कार्यक्रम कार्यदल संयोजक रहेका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बाचन गरेर सुनाएका थिए। खड्का नेतृत्वमा कांग्रेसका २, माओवादीका २ र जसपाका २ गरी सात सदस्यीय कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रम बनाएका थिए।
यस्तो छ पूर्णपाठ
गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)