राजनीति

’गठबन्धनले मुलुक निर्माण गरेको इतिहास कतै छैन ।’ एमाले नेता विशाल भट्टराइ( भिडियोसहित)

नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक बिशाल भट्टराईले मुलुकमा राजनैतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली आवश्यक रहेको बताएका छन् ।उनले जबसम्म दलहरुबीच टाउका गनेर सरकार बनाउने र सरकार गिराउने खेल चलिरहन्छ तबसम्म मुलुकमा राजनैतिक स्थिरता कायम हुन नसक्ने ठोकुवा गर्दै संविधानमा रहेका यस्ता लुप होल (क्षिद्र) हरुलाई सच्याउनुपर्ने बताए ।नेता भट्टराई नेकपा एमालेको जापानस्थित भ्रात्तृसंगठन प्रवासी नेपाली मञ्च जापानको कान्तो क्षेत्रीय समितिको गत आइतबार भएको पाँचौ अधिवेशनका लागि जापान आएका हुन् ।नेता भट्टराईले घरदेशदेखि यति टाढाको परदेशमा आएर पनि… पुरा पढौ

नगरिकता विधेयक राष्ट्रपतिबाट छिट्टै स्वीकृत हुनेछ-प्रचण्ड( भिडियो सहित)

नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताका कारण समस्यामा परेका जनताको समस्या समाधानका लागि आएको नगरिकता विधेयक राष्ट्रपतिबाट छिट्टै स्वीकृत हुने बताएका छन ।पाँच दिने जापानको चौथो दिन पत्रकारहरू सँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपाली नागरिकका छोराछोरीको समस्या समाधान गर्न सरकारले पहल गर्दै दुवै सदनबाट पारित उक्त विधेयकलाई राष्ट्रपतिले फिर्ता नगर्ने विश्वास व्यक्त गरेका छन् ।उनले अघि भने, ‘त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म… पुरा पढौ

उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्दै दुई देशको सम्बन्ध प्रगाढ बनाउने बारेमा प्रचण्डको तोसिहिरो निक्कइसँग भेटवार्ता

जापान भ्रमणमा रहनु भएका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता, पुर्व महासचिव, पुर्व अर्थ, व्यापार तथा उधोगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइ(Toshihiro Nikai) भेटवार्ता भएको छ। एलडीपी हेडक्वार्टर टोकियोमा भएको भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहर/नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ… पुरा पढौ

सत्ताधारी दलका पूर्व महासचिव तोसिहिरो निक्केईसँग प्रचण्डले भेटवार्ता गर्ने

पाँच दिने जापान भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जापानको सत्ताधारी दल एलडिपिका पूर्व महासचिव तथा मन्त्री तोसिहिरो निक्केईसग भेटवार्ता गर्ने भएका छन।जापान- नेपाल संसदीय समितिका सभापति रहेका निक्केईसग नेपाल - जापानको द्विपक्षीय सम्बन्ध र हितका बारेको आवश्यक छलफल हुने बताईएको छ । जापानको सत्ताधारी दल एलडिपिका प्रमुख ४ पदमध्यको मुख्य शक्तिशाली पदका रूपमा मानिने महासचिव पदमा रहेर २०१६ देखि २०२१ सम्म कार्य गरिसकेका ८३ वर्षीय निक्केइ अर्थ, वाणिज्य तथा उद्योग मन्त्री, यातायात… पुरा पढौ

“कृषिमा आधारित उधोगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौ।”- पूर्व प्रधानमन्त्री प्रचण्ड( फोटो फिचर)

५ दिने जापान भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साइतामा प्रान्तको कृषि विकास सहयोग विभाग अन्तर्गतको Kurousu Orchid Ltd. को अवलोकन भ्रमण गरेका छन।जापान भ्रमणका क्रममा जापानको कृषि प्रविधि र प्रणालीको अध्ययन अवलोकन गर्ने अध्यक्ष प्रचण्डको मुख्य इच्छा अनुरूप सो ठाउको अवलोकन भ्रमण गरेका हुन । साइतामामा रहेको कृषि विभाग अवलोकनका क्रममा अध्यक्ष प्रचण्डलाई नेपालका लागि जापानी पुर्वराजदुत मासामिचि साईगो र साइतामा प्रान्त सरकारका प्रतिनिधि लगायतले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए ।उक्त अवसरमा जापानका… पुरा पढौ

“अबको बाक़ी जीवन देशको आर्थिक समृद्धि,सुशासन र विकासका लागि नै समर्पित गर्ने छु” प्रचण्ड

नेकपा(माओवादी) केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अबको बाक़ी जीवन देशको आर्थिक समृद्धि,सुशासन र विकासका लागि नै समर्पित गर्ने बताएका छन ।नेपाली जनप्रगतिशील मंच जापानले आयोजना गरेको 'सम्वृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार' विषयक अन्तरक्रियामा बोलदै अध्यक्ष प्रचण्डले विगतमा नेपाली राजनीतिक परिवर्तनको लागि नेतृत्व गरेको र अबको आफ़नो जीवनकालको सम्पूर्ण समय आर्थिक समृद्धि, विकास र सुशासनका लागि समर्पित गर्ने बताएका हुन । अन्तरक्रियामा सहभागी हुदै अध्यक्ष प्रचण्डले हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा कमाण्डरको रूप रहदा दरिलो साथ… पुरा पढौ

प्रचण्ड आज ‘सम्वृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा प्रमुख वक्ताको रूपमा सहभागी हुदै

पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका प्रमुख नेता मध्यका एक पुष्पकमल दाहाल’प्रचण्ड’ ले आज 'सम्वृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार' विषयक अन्तरक्रियामा सहभागी हुदै छन ।साउन २१ देखि २५ गते अर्थात् अगस्ट ६ देखि १० तारिख सम्मको जापान भ्रमणका लागि शनिबार जापान आइपुगेका प्रचण्डले नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा टोकियोको ख़ामेइदो स्टेशन नजिकै हुने अन्तरक्रिया मूलक सो कार्यक्रममा प्रमुख वक्ताको रूपमा सहभागी हुन लागेको मंचलव महासचिव बाबुराम पौडेलले जानकारी दिए ।प्रवासमा रहेका नेपालीमार्फत कसरी नेपालको आर्थिक समृद्धि र विकासमा… पुरा पढौ

प्रचण्डद्वारा ऐतिहासिक ठाउ हिरोशिमाको अवलोकन ( फोटो फ़िचरसहित )

जापानको ५ दिने भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा सत्तारूढ दलका प्रमुख मध्यका एक नेता पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक ठाउ हिरोशिमाको संग्रहालयसहितको क्षेत्रको अवलोकन गरेका छन । प्रचण्डसहित भ्रमण टोलीमा रहेका गंगा दाहाल, रमेशकुमार मल्ल, सूर्य किरणसहित नियोग उपप्रमुख अम्बिका जोशी, नेपाली जनप्रगतिशील मंचका अध्यक्ष भवानी भण्डारी, प्रवास समन्वय समितिका सदस्य हर्क थापा, अरुण श्रेष्ठ, डा भूपालमान श्रेष्ठ, सल्लाहकार समितिका संयोजक हवलचन्द्र लामा, गैर आवासीय नेपाली संघ आइसिसीका उपाध्यक्ष रोबिन्द श्रेष्ठ, सह कोषाध्यक्ष टंक गैरेसहितको टोलीसहितले आज संग्रहालय अवलोकन गरेका हुन्… पुरा पढौ

“दिनभरि भोकै हुदापनि खाए जस्तै भयो”- प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा सत्तारूढ दलका नेता पुष्पकमल दाहाल प्रचण्डले जापानबासी नेपालीसँग नजिकबाट साक्षात्कार गर्न पाएकोमा भोकै हुदापनि खाए जस्तै अनुभूति भएको बताए ।नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्न नारिता अन्तरराष्ट्रिय बिमानस्थलबाट सोझै फुकुओका पुगेका पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालदेखि नारिता र नारिताबाट फुकुओकासम्म लगातर यात्रा गरेर भोकभोकै भएपनि जापानमा रहेका नेपालीको अवस्था नजिकबाट नियाल्न पाउदा निद्रा र भोक पुरै हराएर खाए जस्तो खुशीको महसुश भएको बताए ।पूर्व प्रधानमन्त्री प्रचण्ड करिब ७ घण्टाको नेपाल जापान हवाई यात्रा गरि नारिता आएर नेपाल फेष्टिवल… पुरा पढौ

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने विशेषाधिकार दिनका लागि परेको छु- पुष्पकमल दाहाल’प्रचण्ड’

पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका नेता पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने विशेषाधिकार दिनका लागि आफू प्रयासरत रहेको बताएका छन ।नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले एनआरएनए नेपालीलाई आफ़नो मताधिकार सुनिश्चित गर्नका लागि नागरिकता दिने गरि विधेयक ल्याइएको र यसबाट नेपालको बिकास र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।मंसिर ४ मा घोषित प्रदेश र संघको निर्वाचनबाट स्थिर र बलियो सरकार हुने र यसले देशमा विकास, सुसाशन र विदेशमा रहेका नेपालीको ज्ञान सिप र पूजी… पुरा पढौ