राजनीति

नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, पदाधिकारीमा २१ जना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको नाम प्रस्ताव गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन् भने उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव छन् । यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम… पुरा पढौ

प्रदीप गिरीको स्वास्थ्य अवस्था चिन्ताजनक 

नेपाली कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई बिहीबारदेखि भेन्टिलेटरमा राखिएको थियो। परिवारको आग्रहमा उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालिएको छ। उनलाई अहिले अक्सिजनमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। गिरीलाई अति उच्च मात्रामा अक्सिजन दिइएको छ। परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालेर अक्सिजनमा राखिएको चिकित्सकको भनाइ छ। लामो समय भारतको मुम्बईमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरी निमोनिय भएपछि मेडिसिटी अस्पताल भर्ना भएका हुन्। शुक्रबारदेखि नै उनको स्वास्थ्य लाभको… पुरा पढौ

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन सुरु

काठमाडौं, १ भदौ निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमाथिको अध्ययन सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बुधबारको बैठकले महाअभियोग अध्ययन गर्न कार्यविधि पास गर्ने र सभापति चयन गर्ने एजेन्डा छ । समितिको आजको बैठकको सभापतित्व जेष्ठ सदस्य रामबहादुर विष्टले गरेका छन् । बैठकमा समितिका सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ ।  एमाले सांसद कृष्णभक्त पोखरेलले पाँच महिनासम्म महाअभियोग त्यत्तिकै थन्याएर राखेको भन्दै आपत्ति जनाए । ‘हामी कस्तो थिति बसाल्दै छौ ? प्रधानन्यायाधीश जस्तो व्यक्तिविरुद्धको  महाअभियोग पाँच महिनासम्म किन राखियो… पुरा पढौ

तीन वर्षमा ९ अर्बको हातहतियार नेपाल भित्रियो, कहाँबाट आउँछ नेपालमा हातहतियार ? 

काठमाडौं, १ भदौ   नेपालमा पछिल्लो तीन वर्षमा करिव ९ अर्ब रुपैयाँको विभिन्न हातहतियार भित्रिएको छ ।  आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा ती हातहतियार नेपाल भित्रिएका हुन् ।  भन्सार विभागका अनुसार २०७६ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा विभिन्न देशबाट नेपालले ८ अर्ब ९३ करोड ४३ लाख ९६ हजार रुपैयाँको हातहतियार खरिद गरेको देखिन्छ ।  गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ९८ करोड १७ लाख ७८ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।  आर्थिक वर्ष… पुरा पढौ

निर्वाचनमा सहभागी हुन ८४ दल दर्ता,२०७४ को तुलनामा १७ वटा बढे

काठमाडौं, ३१ साउन आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् । दल दर्ता गर्ने अन्तिम दिन आज साँझ ५ बजेसम्म रहेकोमा ८४ आयोगमा दर्ता भएका हुन् । आयोगका सूचना अधिकारीसमेत रहेका उपसचिव सूर्यप्रसाद शर्माले दल दर्ता हुनेको संख्या ८४ पुगेकोमा तथ्याङ्कमा केहि संख्या तलमाथि पनि हुनसक्ने बताएका छन् ।  निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर  चुनावमा जाने प्रावधान अनुरुप… पुरा पढौ

माओवादीको स्वीकृति : वामदेव र बाबुरामलाई हँसिया हथौडा चिह्नबाट चुनाव लड्न दिने 

काठमाडौं, ३१ साउन, नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ ।  पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।  गौतम र भट्टराईको आग्रहअनुसार नै पार्टीले निर्णय गरेको उनले बताए ।  गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय… पुरा पढौ

नागरिकता विधेयक : यस्तो छ अबको संसदीय प्रक्रिया 

काठमाडौं, ३० साउनराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता गरिदिएपछि प्रश्न उठेको छ, अबको संसदीय प्रक्रिया के हो ? संसदीय प्रक्रिया जति लामो भए पनि राजनीतिक दलबीच सहमति हुँदा, सरकार र सत्तारुढ गठबन्धनले चाहँदा केही दिन भित्रै विधेयक पारित हुन सक्छ । अर्थात, राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक फेरि छिट्टै राष्ट्रपतिकहाँ पुग्न सक्छ । तर, फिर्ता गर्दा राष्ट्रपतिले दिएको कारण (संदेश) भने विधेयकले सम्बोधन गर्ने संवैधानिक विश्वास हुन्छ ।  सत्तारुढ गठबन्धनले चाहेको खण्डमा केही दिन वा सातामै नागरिकता विधेयक दुबै… पुरा पढौ

राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएकी हुन् । 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३)… पुरा पढौ

माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन आह्वान गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए । कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचना माओवादी केन्द्रले एक सय ७५ तहमा जित्ने अनुमान गरेकोमा पार्टीभित्रको आचरणका कारण ५० स्थान गुमाएको बताए । उनले माओवादी नेताकार्यकर्ताले आचरण सुधार गर्न अवश्यक रहेको बताए । उनले भने, ‘व्यवहार र आचरणमा फरक देखियो ।… पुरा पढौ

जापान भ्रमणले दुई देशबिच सहकार्यको नयाँ शुरुवात भएको छ- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्केका छन ।भ्रमणले नेपाल र जापानबीच सहकार्यको नयाँ शुरुवात भएको बताउदै प्रचण्डले डाक्टर, वैज्ञानिक, परराष्ट्रमन्त्रीमार्फत र उच्चस्तरकै कार्यक्रममा जहाँ जाँदा पनि सबै प्रक्रियामा नेपालको भूमिका निकै सकारात्मक भएको उनले जानकारी दिए । जापान भ्रमणले दुई देशबीच नयाँ प्रक्रियाको सुरुवात भएको बताए ।  अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा दिउँसो पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भ्रमणका क्रममा जापानको आधुनिक कृषि प्रणाली,  पर्यटन, शिक्षा र भौतिक पूर्बाधार विकासका सम्बन्धमा अध्ययन एवम् अवलोकन… पुरा पढौ