
काठमाडौं, ३१ साउन
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् । दल दर्ता गर्ने अन्तिम दिन आज साँझ ५ बजेसम्म रहेकोमा ८४ आयोगमा दर्ता भएका हुन् ।
आयोगका सूचना अधिकारीसमेत रहेका उपसचिव सूर्यप्रसाद शर्माले दल दर्ता हुनेको संख्या ८४ पुगेकोमा तथ्याङ्कमा केहि संख्या तलमाथि पनि हुनसक्ने बताएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर चुनावमा जाने प्रावधान अनुरुप यसरी निवेदन दिने दलको संख्या चार रहेको छ।
निर्वाचन आयोगमा साउन २० गतेसम्म १ सय १६ राजनीतिक दल दर्ता भएको भए पनि आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ८४ राजनीतिक दल मात्रै दर्ता भएको आयोगले जनाएको छ ।