जापान भ्रमणले दुई देशबिच सहकार्यको नयाँ शुरुवात भएको छ- प्रचण्ड

-


     जनहित न्युज    
     श्रावण २५ गते २०७९


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्केका छन ।
भ्रमणले नेपाल र जापानबीच सहकार्यको नयाँ शुरुवात भएको बताउदै प्रचण्डले डाक्टर, वैज्ञानिक, परराष्ट्रमन्त्रीमार्फत र उच्चस्तरकै कार्यक्रममा जहाँ जाँदा पनि सबै प्रक्रियामा नेपालको भूमिका निकै सकारात्मक भएको उनले जानकारी दिए । जापान भ्रमणले दुई देशबीच नयाँ प्रक्रियाको सुरुवात भएको बताए । 

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा दिउँसो पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भ्रमणका क्रममा जापानको आधुनिक कृषि प्रणाली,  पर्यटन, शिक्षा र भौतिक पूर्बाधार विकासका सम्बन्धमा अध्ययन एवम् अवलोकन गरिएको बताए । 
जापानका सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताहरुसँग विभिन्न विषयमा राम्रो वातावरणले विचार आदानप्रदान र सहयोग अभिवृद्धि गर्ने छलफल भएको उनले चर्चा गरे । प्रचण्डले भने, “जापानको विकास र प्रगति, लगानी पनि बढोस् । हाइड्रो, पर्यटन, कृषि, शिक्षा, भौतिक पूर्वाधार विकास सम्बन्धमा राम्रो वातावरणमा विचार र सहयोग आदानप्रदान अभिवृद्धि गर्ने कुरा भयो ।”

आफ्नो भ्रमणले जापानमा रहनुभएका नेपाली धेरै खुसी हुनुभएको अनुभव उल्लेख गर्दै प्रचण्डले जापानका सत्तारुढ दलका वरिष्ठ नेताहरुसँग भएको औपचारिक वार्तामा द्वीपक्षीय सम्बन्ध र जापान अग्रणी साझेदार रहेको कुरामा विमर्स भएको बताए ।
देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको र जापानको पनि नेपाल भ्रमण होस् भनेर आमन्त्रण गरिएको उनले जानकारी दिए ।  
अध्यक्ष प्रचण्डले भने, “नेपालको भ्रमण होस् भनेर आमन्त्रण ग¥यौं । सम्भवत, आउनुहुन्छ भन्ने बुझेको छु । फोहोर व्यवस्थपनमा तत्काल सहयोग चाहियो भन्ने कुरा पनि भएको छ ।” समग्रमा, नेपाल र जापानबीच ठोस–ठोस के के विषयमा सहकार्य गर्ने भन्नेमा छलफल भएको उनले बताए । 
यसैबीच उनले हिजो जापानमै आफ्ना लागि राखिएको रात्रिभोजमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई पनि सहभागी भएको र त्यसले नेपालमा चुनावको बेलामा के सत्तापक्ष के प्रतिपक्ष भन्ने राम्रो सन्देश दिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?