राजनीति

राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक 

राष्ट्रिय जनमोर्चाले वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीका घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी अध्यक्ष चित्रबहादुर केसीले विकेन्द्रित र सन्तुलित विकास नीतिसहित २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । त्यसक्रममा अध्यक्ष केसीले नेपालमा संघीय शासन प्रणाली छोटो समयमै असफल बनेको पुष्टि भएको दाबी गरे। उनले चुनावमा अन्य दलसँग एकता गरेर गए पनि आफ्नो चुनावी एजेन्डालाई आफ्ना उम्मेदवारले कार्यान्वयनमा लैजाने बताए । संघीयताका कारण नेपालमा आर्थिक बोझ थपिँदै गएकाले त्यसको खारेजी नै आफ्नो पार्टीले अघि सारेको… पुरा पढौ

संघीयता विरोधी केपी ओलीको प्रतिगामी यात्रा !

अन्ततः एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी गठबन्धनको नेतृत्व गर्दै स्थानीय चुनावी मोर्चा बनाएका छन्। नेपाली जनता ऐतिहासिक जनआन्दोलनमा होमिएर सडकमा रगत बगाइरहँदा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्दै टिप्पणी गर्ने ओलीले अहिले गणतन्त्रकै स्वाद चाख्दै परिवर्तनकारी शक्तिका विरुद्ध चुनावी मोर्चा तयार गरेका छन्।  एकातिर गणतन्त्रको स्वाद चाख्ने र अर्कोतिर गणतन्त्रविरोधी शक्तिसँग चुनावी गठबन्धन गर्दै जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुमाथि धावा बोल्ने ओली प्रवृत्ति हिजोका राजावादी, घोर दक्षिणपन्थी, प्रतिगामी र हिन्दू अतिवादी शक्तिहरुसँग प्रष्ट रुपमा विलय हुन पुगेको छ।… पुरा पढौ

देशैभर तालमेल गरी आपसी सहकार्य गर्न पाँच दलीय गठबन्धनको अपील 

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल गरी आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् । सोमबार  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर संयुक्त अपील जारी गरी आपसी सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेका हुन् । अपीलमा भनिएको छ, “देशैभर… पुरा पढौ

दुई सय पचास बढि पालिकामा निर्वाचनको परिणाम आफ़्नो पक्षमा पर्ने माओवादीको विश्लेषण

सत्ता गठबन्धनको चुनावी तालमेल र अघिल्लो चुनावको मत विश्लेषण गर्दा स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी ठाउँमा विजयी भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका लागि सवैभन्दा धेरै सकस पर्ने देखिएको छ । सत्तारूढ गठबन्धनमा रहेका दलहरूले ७५३ वटै स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि एमाले एक्लिएको हो । भलै उनीहरुले घोषणा गरेको जस्तो तालमेल हुने लक्षणहरु भने स्थानीय तहमा छैन । हुन त एमाले पनि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने तयारीका… पुरा पढौ

निर्वाचन आचारसंहिता : शुक्रवारदेखि लागु, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? 

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लागू भइसेको छ । आचारसंहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने आयोगका प्रवक्ता… पुरा पढौ

नेपाल बारमा सत्ता गठबन्धन निकट प्यानल नै विजयी 

काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरे नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् । उनले काँग्रेसको १४ औँ महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक थिए । घिमिरेले ४४७४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत पाएका छन् । त्यस्तै, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी… पुरा पढौ

कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन: अर्थमन्त्री

अर्थमन्त्री जर्नादन शर्मा प्रभाकरले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने प्रष्ट पार्नुभएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो ।‘अहिलेको अर्थतन्त्रमा समस्या आउला की भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’ उहाँले भन्नुभयो, ‘कतिपयलाई भने नेपालको… पुरा पढौ

गोविन्द बन्दी कानुनमन्त्री नियुक्त, बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा अधिवक्ता गोविन्द बन्दीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनमन्त्री नियुक्त गरेकी हुन् । बन्दी गैरसांसद हुन्। संविधानअनुसार गैर सांसद ६ महिना मन्त्री बन्न पाउने प्रावधान छ । अहिलेका कानुनमन्त्री दिलेन्द्र बडूलाई भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोकिएको छ। पुरा पढौ

स्थानीय तह निर्वाचन – २०७९ का सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अपिल !

स्थानीय तह निर्वाचन - २०७९ का सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अपिल ! आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि त्यसलाई समाजवाद उन्मुख समावेशी लोकतन्त्रका रुपमा संस्थागत गरिएको नयाँ संविधान कार्यान्वयन प्रक्रियामा स्थानीय तहको दोस्रो निर्वाचन आगामी २०७९ बैशाख ३० गते हुँदैछ । नेपालको सन्दर्भमा स्थानीय,व्यवस्थापिका र कार्यपालिकाको भूमिकामा समेत रहेको स्थानीय तह (सरकार) नेपाली मौलिक विशेषतामा आधारित समाजवाद उन्मुख राज्य व्यवस्थाको एक महत्वपूर्ण आधार हो । साथै,आवधिक निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने महत्वपूर्ण माध्यम र… पुरा पढौ

दलहरुलाई अनिवार्य पालना गर्न भन्दै आयोगले जारी गर्यो ६० बुँदे निर्देशन 

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरि आयोगले दलहरूसँग मंगलबार गरेको छलफलका क्रममा निर्वाचन आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता माग्दै ६० बुँदे निर्देशन दिएको हो । निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न आयोगमा दर्ता भएका दलहरूलाई निर्देशन दिइएको आयोगको भनाइ छ । निर्देशनमा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी… पुरा पढौ