राजनीति

सत्तारुढ ५ दलीय गठबन्धनको निर्णय नमाने तत्काल कारवाही गरिने

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन बाहिर गएर तालमेल गर्न नपाउने निर्णय गरेको छ । यस्तो निर्णय गर्ने नेताहरुलाई कारबाही गर्ने निर्णय पनि गठबन्धनले गरेको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले सोमबार मनोनयन दर्ता गर्नु अघि पार्टी अध्यक्षहरूको बैठक बसी भागबण्डा मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको बैठक पछि माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।  केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह… पुरा पढौ

सुन चोरेको आरोप लागेका पोखरा महानगरका एमाले उम्‍मेद्‌वार पौडेलको भिडियो भाइरल

पोखरा- नेकपा एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको आरोप लागेको छ । उनले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तरंग फैलिएको छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसिटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् । एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले भाइरल बनाइएको छ । उक्त भिडियो उनकै हो भन्‍नेबारे शंकास्पद छ । कतिपयले यसलाई चुनावी फण्डा भनेका छन् । तर उनलाई… पुरा पढौ

बिना सल्लाह पोखरा उपमेयरको टिकट दिएकोमा नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जुद्वारा अस्विकार

नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले पोखरा महानगरपालिकाको उपमेयर पदको टिकट अस्विकार गरेकी छन्। शनिवार एमालेले गुरुङलाई उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, उनले पार्टीको निर्णय अस्विकार गरिदिएकी छन्। पार्टीले आफूलाई उपमेयर पदको उम्मेद्वार बनाएकोमा उनले आश्चर्य प्रकट गरेकी छिन् । आफूले मेयर र उपमेयर कुनैपनि पदमा दाबी नगरेको र आफूसँग कुनैपनि सल्लाह पनि नभएको उनको भनाइ छ। उपमेयरको पद आफूलाई स्विकार्य नरहेको गुरुङले प्रष्टोक्ति दिएकी छन् । ‘मैले मागेको भए अहिले तिमिलाई यो भयो भनेर चित्त बुझाउनु… पुरा पढौ

काँग्रेसको निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले ‘सबल स्थानीय सरकार :समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरी गरेको हो । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा स्थानीय घोषणा पत्र सार्वजनिक गरे ।  घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको… पुरा पढौ

स्थानीय तह निर्वाचनः आज र भोलि उम्मेदवारी दर्ता

काठमाडौँ – यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका बमोजिम भोलि नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र पर्सि वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता… पुरा पढौ

भरतपुरकी मेयर रेणु दाहालद्वारा राजीनामा,भरतपुर देशकै गौरव गर्न र हेर्न लायक सुन्दर शहरको रुपमा विकसित भएको दाबी

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवारी दिनका लागि नेतृ दाहालले शुक्रबार राजीनामा दिएकी हुन् । स्थानीय तहको चुनावमा उम्मेदवारीअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान निर्वाचन आयोगले बनाएको छ । मेयर दाहालले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । बिहीबार सत्ता गठबन्धनले स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मेयर सिट नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेको थियो । यसै बिच मेयर दाहालले पाँच वार्षिक अवधिमा भरतपुर देशकै गौरव गर्न लायक र देशकै हेर्न… पुरा पढौ

नेपाल निर्वाचनः मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन

वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन्।  तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।  सात प्रदेशका कुल ७५३ स्थानीय तहअन्तर्गत छ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिकामा ४० हजारभन्दा बढी जनप्रतिनिधि चुनिनेछन्। नेपालमा सङ्घीय व्यवस्थाअन्तर्गत तीन तहको सरकार… पुरा पढौ

कोरोना बीमाको भुक्तानी र संसद अवरोधबारे आफैँलाई गिज्याउने एमालेको घोषणापत्र

एमालेले सत्तारुढ गठबन्धनमाथि दर्जन आरोप लगाएको छ। बुँदागत रुपमा गठबन्धन सरकारमाथि अर्थतन्त्र ध्वस्त पारेकोदेखि सरकार उल्टो बाटो हिँडेको आरोप लगाइएको छ घोषणापत्रमा। एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको नेतृत्वमा तयार पारिएको घोषणापत्रमा सत्ता गठबन्धनमाथि लगाइएका केही लञ्छना भने एमालेतिरै फर्किने खालका छन्। नेकपा सरकारमा हुँदै अवरुद्ध प्रक्रियाहरुमाथि एमाले घोषणापत्रमा कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गरेको भन्दै आरोप लगाइएकको छ। बीमा प्रक्रिया अवरुद्ध पारेको गठबन्धन सरकारले कोरोना बीमाको रकम भुक्तानी नगरेको विषय एमालेले आफ्नो घोषणापत्रमा समेटेको छ। कोरोना सम्बन्धी बीमामा कबोल गरिएको रकम भुक्तानी… पुरा पढौ

यस्तो छ नेकपा एमालेको चुनावी घोषणापत्र(पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । घोषणापत्रमा एमालेले रेल र जल यातायातको योजना अघि सारेको छ । घोषणापत्रमा भनिएको छ,’सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने।… पुरा पढौ

संसद विघटन र त्यसपछिका अडानले एमाले मुख्य पार्टीका रूपमा स्थापित छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै शक्ति मिलेर एमालेलाई घेराबन्दी गरी सिध्याउने प्रयास भएपनि त्यो सफल नहुने बताएका छन् । बिहीबार एमालेको सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले आफूहरूलाई सक्न खोजे पनि त्यो सफल नहुने बताएका हुन् । अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउन दाबी गरे । उनले भने, ‘अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ। तर हामीले परिणाम राम्रो ल्याएका थियौँ। उति बेला तराईमा हामीलाई प्रवेशै दिइएको थिएन। अहिले तराईमा एमाले सबैभन्दा… पुरा पढौ