राजनीति

३५,२२१ पदको लागि १,५२,६७६ उम्मेदवार स्थानीय निर्वाचनको मैदानमा

राष्ट्रिय मान्यता प्राप्त ६ दलको मेयर र अध्यक्षमा महिलालाई उपेक्षा, उपमेयर र उपाध्यक्षमा पुरुषभन्दा महिला बढी उम्मेदवार देशभरका सात सय ५३ स्थानीय तहका ३५ हजार दुई सय २१ पदका लागि एक लाख ५२ हजार ६ सय ७६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता सकिएको दुई दिनपछि बुधबार निर्वाचन आयोगले सम्पूर्ण पदमा परेको उम्मेदवारीको विवरण सार्वजनिक गरेको हो ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अब छिटफुटबाहेक तथ्यांक अपडेट गर्न बाँकी नरहेको बताए । उनका अनुसार कर्णाली प्रदेशबाट तथ्यांक अपडेटमा केही समस्या परेको छ ।… पुरा पढौ

विप्लव नेकपामा निर्वाचनका विषयमा विवाद, धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई कारवाही

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई पदमुक्त गरेका छन् । अराजक गतिविधि र आर्थिक अनियमिततालगायत आरोप लगाउँदै उनीहरूलाई महासचिव विप्लवले पदमुक्त गरेका हुन् । पछिल्लो समय विप्लव चुनावको पक्षमा थिए भने बास्तोला र वली विपक्षमा थिए । यो कारबाही बाध्यता भएको पनि विप्लवले उल्लेख गरेका छन् । विप्लवले भनेका छन्, ‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो… पुरा पढौ

बागी उम्मेदवारी फिर्ता गराउन पाँचदलीय गठबन्धनको निर्देशन

पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूका बिचमा सिट बाँडफाँटको समझदारी गर्ने निर्णयसमेत गरेको छ ।गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ… पुरा पढौ

पाँच वर्षसम्म दुःख पाइएला,त्यसैले यी व्यक्तिलाई उम्मेदवार बन्नबाट रोकौ

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार दुई दिन मनोनयन दर्ता भएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मंगलबार भने दाबी विरोधको सूचना दिन सकिन्छ । स्थानीय तह निर्वाचन ऐन अनुसार अयोग्य उम्मेदवारबारे सूचना दिन सकिने प्रवाधान छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद–४ को १२ र १३ अनुसार योग्यता भएका विरुद्धमा उजुरी दिन सकिन्छ । यसरी उजुरी परेका उम्मेदवारको बुधबार र बिहीबार निर्वाचन अधिकृतको कार्यालयले छानविन गर्नेछ । त्यसपछि योग्य उम्मेदवारको अन्तिम… पुरा पढौ

उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो 

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४७ हजार २७४ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार दिउँसो ३ बजेर १५ मिनेटमा सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ४३० र उपप्रमुख पदमा दुई हजार ९७ जनाको मनोनयन दर्ता भएको छ । आयोगका अनुसार प्रदेश १ मा २२ हजार ५४२, मधेश प्रदेशमा ३८ हजार ७८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४०३ र… पुरा पढौ

देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राति ८ः३० बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो।  निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २३ सय ४३ र उपप्रमुख पदमा १४ सय ४५ जनाको उम्मेदवारी परेको छ।  गाउँपालिकाको अध्यक्षको पदमा २४ सय ९७ र उपाध्यक्ष पदमा १७ सय २६ जनाको उम्मेदवारी परेको आयोगले… पुरा पढौ

काठमाडौंको मेयरमा एमालेका स्थापितको उम्मेदवारी दर्ता

काठमाडौँ — नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्तिवाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डंगोलले सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए । एमालेको तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने… पुरा पढौ

महानगरमा महाभिडन्त : यी हुन् गठबन्धन र एमालेबाट मेयरका उम्मेदवार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमालेले ६ वटै महानगरमा उम्मेदवार टुंगो लगाएका छन् । उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिनमात्र कतिपय स्थानमा उम्मेदवारको टुंगो लागेको हो ।  काठमाडौं महानगरको मेयरका लागि नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह र नेकपा एमालेको तर्फबाट केशव स्थापित आमनेसामने हुने भएका छन् । पूर्व मेयर समेत रहेका स्थापितलाई एमालेले मेयरको उम्मेदवार बनाउने निर्णय शनिवार नै गरेको थियो । कांग्रेसले सोमवार मात्र सिंहको नाममा सहमति जुटाएको हो । २०७४ सालको स्थानीय… पुरा पढौ

पहिलो दिन देशभर १० हजारको उम्मेदवारी दर्ता, ठूला दलका उम्मेदवारले गरेनन दर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको छ । आयोगको सूचना प्रणालीमा आइतबार साँझ ७ः३० बजेसम्म सबै पदमा कूल १० हजार १२ उम्मेदवारी दर्ता भएको प्रारम्भिक विवरण इन्ट्री भएको छ । सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त भइसकेको छैन । निर्वाचन आयोगको सूचना प्रविधि शाखाले ती तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ… पुरा पढौ

काभ्रे कांग्रेसमा विवाद : मेयरका उम्मेदवारले दाबेदारलाई कुटे

टिकटको विषयमा विवाद हुँदा काभ्रेको नमोबुद्ध नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । सो क्रममा एक समूहले नगरपालिकाका मेयरका दावेदार रोशन पाण्डेमाथि कुटपिट भएको छ । बनेपामा पाण्डेलाई काँग्रेस काभ्रेका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामा समूहले कुटपिट गरेको आरोप लागेको छ । कुटपिटबाट पाण्डेको शरीरको विभिन्न भागमा चोट लागेको छ ।  कुटपिटमा परेका पाण्डेलाई उपचारका लागि शिर मेमोरियल अस्पतालमा लगिएको बताइएको छ । काभ्रे प्रहरीले घटनाबारे जानकारी प्राप्त भएपछि अभियुक्तको खोजतलास भइरहेको जनाएको छ । काभ्रे कांग्रेसमा पत्रकार पाण्डे गणेश… पुरा पढौ