देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

-


     जनहित न्युज    
     वैशाख १२ गते २०७९


वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राति ८ः३० बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो। 

निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २३ सय ४३ र उपप्रमुख पदमा १४ सय ४५ जनाको उम्मेदवारी परेको छ। 

गाउँपालिकाको अध्यक्षको पदमा २४ सय ९७ र उपाध्यक्ष पदमा १७ सय २६ जनाको उम्मेदवारी परेको आयोगले जानकारी गराएको छ ।  

आयोगका अनुसार देशभर वडाध्यक्ष पदमा २० हजार १७६ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा २८ हजार २८८ जनाको उम्मेदवारी परेको छ।  

त्यस्तै महिला सदस्य पदमा १३ हजार ५५४ र दलित महिला सदस्यमा १२ हजार १८१ जनाको उम्मेदवारी परेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?