राजनीति

आइलाग्नेमाथि जाइलाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

कैलाली, ८ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै अवस्थामा फर्काउन माओवादीहरू एकजुट हुनुपर्ने बताउनु भएको छ। कैलालीको मसुरियामा आयोजित क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामीले हाम्रो भूमिकालाई ०६४ को अवस्थामा फर्काउनु पर्छ। अब लाग्न त ०७९ साल नै लागिसक्यो। तर, हामी माओवादी एकता गराएर ०६४ कै अवस्थामा फर्काउन सबै माओवादी एकजुट भएर लाग्नुपर्छ।’ उहाँले अहिलेसम्मको परिवर्तन माओवादी आन्दोलनबाटै आएकाले त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरूकै भएको बताउनु भयो। देशका जतिबेला संकट आए पनि संकट मोचनको लागि माओवादी नै अग्रसर हुनुपर्ने… पुरा पढौ

ऊर्जामा माओवादी नेतृत्वले गरेको सार्थक प्रयास-विशेष रिपोर्ट

काठमाडौं । जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन्।  नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। सोही आधारमा सबै नागरिकले राज्यबाट समान रुपमा सेवा र सुविधा पाउने वातावरण तयार पारेको छ।  अघिल्लो पटक माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा सामाजिक र आर्थिक रुपमा कलङ्कको रुपमा लोडसेडिङ अन्त्य भयो। प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्रीका रुपमा जनार्दन शर्माले खेल्नुभएको भूमिका नेपालको इतिहासमा महत्वपूर्ण परिघटनाको रुपमा स्थापित छ।  यस्तै, अघिल्लो… पुरा पढौ

गलकोटको मयेरका लागि गायक विष्णु खत्री सहित ६ जनाको नाम सिफारिस

बागलुङ- नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्री सहित गलकोट नगरपालिकाको नगरप्रमुखका लागि ६ जनाको नाम सिफारिस गरेको छ । नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो ।मेयरमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा ‘शिखर’, गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती र नगर कमिटी उपाध्यक्ष गंगा भुजेललाई पनि उम्मेद्वार सिफारिस गरेको छ ।उपमयेरको उम्मेदवारको रुपमा नगर… पुरा पढौ

सत्ता गठबन्धनबीच महानगर र उपमहानगरमा सहमति(सूचीसहित)

सत्तारुढ पाँच दलले महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयलाई टुंगो लगाएका छन् । बुधबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । नेपाली कांग्रेसलाई तीन महानगरमा मेयर, तीन महानगरमा उपमेयर तथा सात उपमहानगरमा मेयर र तीन उपमहानगरमा उपमेयर भागमा परेको छ । माओवादी केन्द्रलाई एक महानगरमा मेयर, एक महानगरमा उपमेयर तथा दुई उपमहानगरमा मेयर र दुई उपमहानगरमा उपमेयर भागमा परेको छ । नेकपा एकीकृत समाजवादी एक महानगरमा मेयर, एक महानगरमा… पुरा पढौ

प्रतिगामीको केन्द्र ओली

काठमाडौं । केपी ओलीले नेतृत्व गरेको नेकपा (एमाले) झन् पछि झन् प्रतिगामी, सिद्दान्तहीन र मौकावादी असफल राजनीतिक यात्रामा लम्किएको छ । आफूले हठात थोपरेको प्रतिगमनलाई परास्त गर्न बाध्यतामा बनेको वर्तमान सरकार गठबन्धनलाई स्वार्थहरूको अप्राकृतिक गठजोड भन्ने ओली आफैं भने स्थानीय चुनावमा शर्मनाक हार्ने भयले इतिहासले त्याज्य ठहराएका कुँडाकर्कटहरूलाई च्याप्दै हिंडेका छन् । सरकार गठबन्धनका पाँचदलले स्थानीय चुनावमा तालमेल, सहकार्य र मित्रवत प्रतिस्पर्धाको केन्द्रीय र स्थानीय खाका बनाउँदै गर्दा एमालेमा भने त्यसले घनघोर आतंक निर्माण गरेको छ । त्यही आतंकको प्रतिफल हो– अध्यक्ष… पुरा पढौ

गठबन्धन बैठक : महानगर भागबण्डामा सहमति, उपमहानगरको छलफल जारी 

सत्तारुढ गठबन्धनमा महानगरपालिकामा भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक÷एक महानगरको नेतृत्व लिने सहमति गरेको हो । त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ । नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी… पुरा पढौ

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले अन्तरिम आदेश जारी गर्दै छानबिन गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । इजलासले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्न समिति गठन गरिएको भन्दै सरकारको निर्णय खारेजीको मागसहित गभर्नर अधिकारीले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन… पुरा पढौ

कोन्ज्योसोम नामै काफी छ (रिपोर्ट)

उपत्यकामा बसोबास गर्ने धेरैलाई ‘कोन्ज्योसोम’ नाम कठीन लाग्न सक्छ । ललितपुर जिल्लामा बसोबास गर्नेलाइ नै पनि यो नाम अनौठो लाग्न सक्छ । ललितपुर जिल्लाका ६ स्थानीय तह एक महानगरपालिका (ललितपुर), दुई नगरपालिका (महालक्ष्मी र गोदावरी), तीन गाउँपालिका (महांकाल, बाग्मती र कोन्ज्योसोम)मध्येको कोन्ज्योसोम एउटा महत्वपूर्ण गाउँपालिका हो । कुनै बेला उपत्यकाको ‘कर्णाली’ नामले चिनिने यो गाउँपालिकाले आफ्नै ऐतिहासिक तथा सांस्कृतिक पहिचान प्राप्त गरेको छ कोन्ज्योसोम । साविक नल्लु, भारदेउ, चौघरे, शंखु र दलचौकी गाविसको चौहद्धि मिलाएर बनेको कोन्ज्योसोमको अर्को राजनैतिक परिचय… पुरा पढौ

गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने

काठमाडौं  । सत्तारुढ गठबन्धनले भोलि सोमबारसम्म महानगर र उपमहानगरको विषयमा टुंगो लगाउने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सो सहमति भएको हो। गठबन्धनले सहमति हुन नसके गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने भनेर समाचार आइरहेका बेला गठबन्धनले भोलि ठोस कार्ययोजनासहितको निर्णय गर्ने बताएको हो। त्यसैगरी बैठकले बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने पनि निर्णय गरेको छ।सत्ता गठबन्धनको बैठकले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको समीक्षा गरेको छ। काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिसँग शीर्ष नेताले प्रधानमन्त्री निवास बालुवाटारमा थप… पुरा पढौ

एमाले राप्रपा गठबन्धनको चुरो

एमाले र राप्रपा नेपाल गठबन्धनको विभिन्न बयानहरु आउन सक्छन् । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादीसहित पाँच दलीय सत्तारुढ गठबन्धन भएकोले सामान्यतया गठबन्धन भएको साधारण अर्थमा पनि लिन सकिन्छ । तर, यो गठबन्धनको अन्तरवस्तु भने नेपालको समसामयिक राजनीतिलाई अन्यत्र मोड्ने महत्वपूर्ण नाजायज प्रयास हो भन्ने नै लाग्छ । तलका बयानमार्फत् यसको चिरफार गर्ने कोशिस गरिने छ । पहिलो बयान : सरल बयानअनुसार एमाले राप्रपाको गठबन्धन आउँदो स्थानीय निर्वाचनमा दुबै पार्टीले आफ्नो अस्तित्व जोगाउनको लागि गरेको हो । सत्तारुढ दलको गठबन्धन बन्ने भएपछि… पुरा पढौ