
टिकटको विषयमा विवाद हुँदा काभ्रेको नमोबुद्ध नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । सो क्रममा एक समूहले नगरपालिकाका मेयरका दावेदार रोशन पाण्डेमाथि कुटपिट भएको छ । बनेपामा पाण्डेलाई काँग्रेस काभ्रेका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामा समूहले कुटपिट गरेको आरोप लागेको छ । कुटपिटबाट पाण्डेको शरीरको विभिन्न भागमा चोट लागेको छ ।
कुटपिटमा परेका पाण्डेलाई उपचारका लागि शिर मेमोरियल अस्पतालमा लगिएको बताइएको छ । काभ्रे प्रहरीले घटनाबारे जानकारी प्राप्त भएपछि अभियुक्तको खोजतलास भइरहेको जनाएको छ । काभ्रे कांग्रेसमा पत्रकार पाण्डे गणेश लामा पक्षधर हुन भने उनीमाथि कुटपिट गर्ने मेयरका उम्मेदवार कुन्साङ लामा तीर्थ लामा पक्षधर हुन् । पाण्डे नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिवसमेत हुन् ।



