राजनीति

१४ सांसदविरुद्धको रिट अन्तिम सुनुवाइका लागि पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले माधव नेपालसहित १४ सांसदहरू विरुद्धको मुद्दाको पूर्ण सुनुवाइ चैत २० गतेदेखि गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि २०७८ चैत २० गते आइतवारको पेशी तोक्न आदेश दिएको हो। इजलासले रिट निवेदकबाट उठाइएका संवैधानिक तथा कानुनी प्रश्नहरूको निरुपण छिटो छरितो निरुपण गर्नुपर्ने भएकाले रिटलाई पूर्ण सुनुवाइका निम्ति पेश गर्ने आदेश गरेको हो । संयुक्त इजलासले मुद्दाको पक्ष र विपक्ष दुवैको… पुरा पढौ

स्थानीय चुनावका लागि माओवादीले बनायो ८ योजना, यस्ता छन् चुनावी नारा 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावका लागि पार्टीको सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ । सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सम्पूर्ण शक्ति चुनावमा लगाउने निर्णय गरेको हो । त्यसका लागि माओवादीले प्रदेश इन्चार्जहरू तोकेको छ भने सोही इन्चार्ज मातहत रहने गरी सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य सम्मिलित समितिले प्रदेशका जिल्लाहरूलाई समेटेर चुनावी कमान्डहरू बनाउने छ । सो कमान्डले पुनः स्थानीय तहसम्म सहायक कमान्डहरू बनाएर चुनावमा होमिने गरी पार्टीले निर्णय गरेको एक नेताले जानकारी दिए… पुरा पढौ

राष्ट्रसंघ : अमेरिकासँगै नेपाल पनि युक्रेनको पक्षमा, भारत तटस्थ, चीन विपक्षमा

युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ।  स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन्।  ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषद्मा आपत्कालीन बैठक आयोजना हुनुपर्ने युक्रेनको मागमा सहमति जनाएका हुन्। नेपाल पनि अहिले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य देश हो।  युक्रेनको अवस्थालाई लिएर विश्व अहिले विभाजित छ। रुससँगको निकट सम्बन्धका कारण भारत लगायत मुलुकले खुलेर युक्रेनको समर्थन गर्न सकेका छैनन्। अमेरिका र… पुरा पढौ

ओलीलाई पदच्युत गर्न एमसीसीबारे योजनाबद्ध दुष्प्रचार गरिएको थियो: एमाले (विज्ञप्तिसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएका छन्। संसदबाट एमसीसी अनुमोदन भएपछि पार्टीको तर्फबाट पत्रकार सम्मेलन गर्दै ओलीले एमसीसीलाई सहज रुपमा लिन र राजनीतिक नगर्न आग्रह गरे । उनले भने– विकास परियोजनाका रुपमा लिनुपर्छ । मतभेद, द्वन्द्व सिर्जना गरेर राजनीति नगरौं’ ओलीले एमसीसी सम्झौता इण्डो प्यासिफिक रणनीतिको अंग नभएको भन्दै सत्ता गठबन्धनका केही दलले यही बिषयमा निर्लज्ज राजनीति गरेको आरोप लगाए ।… पुरा पढौ

‘एमसिसीमा ‘व्याख्यात्मक घोषणा’ले जनतामा गएको भ्रम चिर्छ’: माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा भएको भ्रम चिरेर संसदबाट अनुमोदन गरेको बताएका छन् । एमसीसीको पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राष्ट्रहितलाई तलमाथि हुन नदिइकन एमसीसी पारित गरेको बताएका हुन् । उनले अमेरिकी सेना नेपाल आउने, आईपीएसको अंग हुने कि नहुने, कुनै गठबन्धन, सुरक्षा रणनीतिमा सामेल हुने कुरामा स्वीकार गर्न नसकिने उल्लेख गरे । उनले भने,‘त्यही भ्रम व्याख्यात्मक टिप्पणीमा उल्लेख गरिएको छ ।’ अध्यक्ष नेपालले प्रमुख विपक्षी एमालेले… पुरा पढौ

एमसीसी पारित भएपछि सत्ता गठबन्धनबाट बाहिरियो राष्ट्रिय जनमोर्चा  (विज्ञप्तिको पूर्ण पाठसहित)

राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । एमसीसी सम्झौता अनुमोदन गरेपछि उसले सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । सोमबार बसेको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । राष्ट्रघाती एमसीसी अनुमोदन गरेपछि आज बसेको पार्टीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो,’ अध्यक्ष केसीले भने- “एमसीसी संसद्बाट अनुमोदन गराएपछि सत्ता गठबन्धनका दलहरु देशको हितका पक्षमा छैनन् भन्ने प्रमाणित भएको छ । यससँगै यो गठबन्धनको औचित्य पनि समाप्त भएको छ,” राष्ट्रिय जनमोर्चाका… पुरा पढौ

लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि एमसीसीमा सहमतिः प्रचण्ड (भिडियो सहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना(एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएकोमा गर्व गर्नुपर्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संसदबाट एमसीसी अनुमोदन हुँदा नेपाली समाज विभाजित हुनबाट बचेको बताएका हुन् । उनले भने, ‘केही साथीहरु व्याख्यात्मक टिप्पणीलाई कागजको खोस्टो हो भन्नुहुन्छ । तर होइन नेपाली समाज विभाजित हुनबाट बचेको छ । गर्व गर्नुपर्छ हामीले । राष्ट्रिय स्वभाभिमानलाई स्वतन्त्र अडान स्थापित भएको छ ।’ उनले एमसीसी सम्झौता अनुमोदन नहुँदा शान्ति सम्झौता पनि दुर्घटनामा पर्ने… पुरा पढौ

जापान नेपाली एकता समाजको दोस्रो सम्मेलन मार्च ८ मा

जापान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च ८ तारिखमा हुने भएको छ । ‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौं, प्रवासी नेपालीहरूको मताधिकार सुनिश्चित गरौँ’ भन्ने मूल नाराका साथ राजधानी टोकियोमा रक्तिम अभियान र नौमती बाजा सहित राष्ट्रिय सम्मेलन गर्न लागेको जापान नेपाली एकता समाजले जनाएको छ । कोरोना संक्रमणको जोखिमपूर्ण अवस्थालाई ख्याल गर्दै राज्यले निर्दिष्ट गरेका स्वास्थ्य सुरक्षाको पालना गरी राष्ट्रिय सम्मेलन हुने छ । जापान नेपाली एकता समाजको स्थापना सन् २०१२ भएको थियो । त्यसयता समाजले जापानमा रहेका… पुरा पढौ

संसदबाट अनुमोदन भयो अमेरिकी सहायता सम्झौता एमसीसी, अनुमोदनका क्रममा को नेताले के भने ?

प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ। आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले एमसिसीसँगै यसको १२ बुँदे व्याख्यात्मक घोषणा पारित पनि पारित गरेको छ। सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुकाे बुहमतले निर्णय गरेको हाे । एमालेले प्रतिनिधि सभा विरोधै क्रममा अनुमाेदन गरेको हाे । व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् ।… पुरा पढौ

भोलि विप्लव नेकपासहितको दल र मोर्चाको नेपाल बन्द

एमसिसीविरुद्ध विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका छन् । आइतबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संसदबाट एमसिसी पारित गर्न लागेकोले विरोध स्वरुप नेपाल बन्दको आयोजना गरेको उल्लेख छ । नेपाली जनताको विरोध र संघर्षको बाबजुद एमसिसी संसदबाट पारित गर्न देउवा सरकार र संसदमा भएका मुख्य राजनैतिक दलहरु लागेको विरोधमा नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ… पुरा पढौ