‘एमसिसीमा ‘व्याख्यात्मक घोषणा’ले जनतामा गएको भ्रम चिर्छ’: माधव नेपाल

- ओलीले नै एमसीसी सम्झौता संसदमा दर्ता गरेर अहिले मुकदर्शक भएर बसे

-


     जनहित न्युज    
     फागुन १७ गते २०७८


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा भएको भ्रम चिरेर संसदबाट अनुमोदन गरेको बताएका छन् ।

एमसीसीको पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राष्ट्रहितलाई तलमाथि हुन नदिइकन एमसीसी पारित गरेको बताएका हुन् ।

उनले अमेरिकी सेना नेपाल आउने, आईपीएसको अंग हुने कि नहुने, कुनै गठबन्धन, सुरक्षा रणनीतिमा सामेल हुने कुरामा स्वीकार गर्न नसकिने उल्लेख गरे । उनले भने,‘त्यही भ्रम व्याख्यात्मक टिप्पणीमा उल्लेख गरिएको छ ।’ अध्यक्ष नेपालले प्रमुख विपक्षी एमालेले एमसीसीमाथि भ्रम चिर्ने कुनै काम नगरेको आरोपसमेत लगाए ।

अध्यक्ष नेपालले आफूहरुलाई निमिट्यान्न पार्ने षड्यन्त्र असफल बनाइसकेको पनि बताए । फागुन एक गते आफ्नो पार्टी समाप्त पार्ने तयारी भएको जानकारी आफूहरुसँग रहेको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमा देशभक्तिको भावना नभएको आरोप लगाए । अध्यक्ष नेपालले ओली नेतृत्वकै सरकारका कारण एमसीसीबारे भ्रम फैलिएको बताए । उनले भने, ’एमसीसीबारे जे भ्रम सिर्जना भयो, त्यसको दोषी भनेको केपी ओलीको सरकार हो ।’सुरूमा ओलीले नै एमसीसी सम्झौता संसदमा दर्ता गरेको भए पनि पारित हुने बेला समर्थन र विरोध नगरे तमासा देखाएको बताए। एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्‍यो, ऊ मुकदर्शक भएर बस्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?