राजनीति

एमसीसीको विपक्षमा रहने एकीकृत समाजवादीको निर्णय 

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा पास भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरूलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको बताउनुभयो । प्रवक्ता खतिवडाले भन्नुभयो, ‘हाम्रो सचिवालयको बैठक जारी छ । आज छलफलको लागि समय पुगेन । हामी एमसीसीको यो प्रश्तावको संसदमा… पुरा पढौ

मन्त्री कार्कीले प्रतिनिधिसभामा प्रस्तुत गरेको एमसिसी प्रस्तावको पूर्णपाठ

सम्माननीय सभामुख महोदय, सन्धि ऐन, २०४७ को दफा ४ को व्यवस्थाबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले मिति २०७५-१०- ५ मा नेपाल सरकार र अमेरिकी सहयोग निकाय “मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतालाई अनुमोदन गर्नका लागि सङ्घीय संसद्मा पेस गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेअनुरूप नेपालको संविधानको धारा २७९ बमोजिम प्रतिनिधिसभाको साधारण बहुमतबाट सम्झौता अनुमोदन गर्नका लागि तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले सम्मानित संसद्समक्ष प्रस्ताव पेस गर्नुभएको माननीय सदस्यहरूलाई विदितै हुनुपर्दछ । साथै, माननीय सदस्यज्यूहरूले यस विषयमा अध्ययन गरी… पुरा पढौ

नेकपा (माओवादी केन्द्र) ढोरपाटन नगरले स्थानीय तहको चुनावी अभियान सुरु गर्ने

नेकपा (माओवादी केन्द्र)  ढोरपाटन नगरसमितिले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रत्येक वडामा चुनावी अभियान संचालन गर्ने भएको छ । आगामी सातादेखि नगरको सबै वडाको प्रत्येक गाउँ र टोलसम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको नगर समितिका अध्यक्ष भिम गौतमले जानकारी दिए । शनिबार बुर्तिबाङ बजारमा बसेको नगर समितिको दोश्रो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । प्रत्येक वडामा बैठक,प्रशिक्षण,संगठन विस्तार र चुनावी लक्षित कार्याक्रम संचालन गर्ने निर्णय भएको नगर समितिका सचिव विरबहादुर घर्तीले नयाँ विश्वलाई बताए । अभियानमा… पुरा पढौ

लेनिनले घाइते अवस्थामा पनि क्रान्तिलाई यसरी नेतृत्व गरे

क्रेमलिन ल्याइँदा लेनिन गम्भीर घाइते हुनुहुन्थ्यो । तर उनी हिँडेरै पहिलो तलासम्म पुग्नुभयो । स्ट्रेचरमा जान ड्रात्र गिलले दिएको सुझाव मान्नुभएन । लेनिन घाइते अवस्थामा क्रेमलिन फर्किएको उक्त घटनालाई मरिया इल्यिनिच्नाले यसरी वर्णन गरेकी छन्, ‘घण्टा बित्यो, दुई घण्टा बिते । म झ्यालछेउ उभिएर चिन्तित हुँदै कार फर्किने प्रतीक्षा गरिरहेकी थिएँ, जसलाई म टाढैबाट ठम्याउन सक्थेँ । अन्ततः त्यो असाधारण रफ्तारमा आइरहेको देखेँ । तर, ड्रात्र उफ्रिएर बाहिर निस्के र पछाडिको ढोका खोले । यस्तो पहिले कहिल्यै भएको थिएन ।… पुरा पढौ

विरोध र नाराबाजीबीच संसदमा पेश भयो एमसीसीसम्बन्धी प्रस्ताव

लामो रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश भएको छ । अर्थमन्त्रीका तर्फबाट सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्को आइतवारको बैठकमा एमसीसी सम्झौता पेश गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी पेश गर्न नमानेपछि उनका तर्फबाट सञ्चारमन्त्री कार्कीले पेश गरेका हुन् । कार्की अर्थमन्त्री छँदा एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो । आजको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनकै माओवादीले भने कार्यव्यवस्था परामर्श समितिमा एमसीसी टेबल गर्ने सभामुखको निर्णयप्रति लिखित असहमति… पुरा पढौ

संसद्‍ कार्यसूचीमा एमसीसी समेटियो

प्रतिनिधिसभाको आइतबारको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) समेटिएको छ । आइतबार बसेको कार्यव्यवस्था समिति बैठकपछि सार्वजनिक भएको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको हो । संसद सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौता संसदमा टेबल हुन लागेको हो । पुरा पढौ

आ-आफ्नो विचार अनुसार एमसीसी प्रस्ताव सदनमा नै छलफल गर्ने समझदारीका साथ आजको संसद बैठकमा टेबुल हुने तयारी

सत्ता गठबन्धनका दलहरुबीच अमेरिकी विकास परियोजना मिलेनियम च्लालेञ्ज कर्पोरेशन (एमसीसी) सत्तारूढ़ दलका मुख्य साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको विरोधका बिच संसदमा पेस गर्ने हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकपछि कांग्रेसको अडानबिच एमसीसी संसदमा टेबल गरिन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन… पुरा पढौ

नेकपा (माओवादी केन्द्र) बागलुङ नगरले चुनावी अभियान सुरु गर्ने

नेकपा माओवादी केन्द्र बागलुङ नगरसमितिले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रत्येक वडामा चुनावी अभियान संचालन गर्ने भएको छ । नगरको चौधौं वटै वडाको प्रत्येक गाउँ र टोलसम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको नगर समितिका अध्यक्ष इन्द्र केसीले जानकारी दिए । शनिबार बागलुङ बजारमा बसेको नगर समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । प्रत्येक वडामा बैठक,प्रशिक्षण र चुनावी लक्षित कार्याक्रम संचालन गर्ने निर्णय भएको नगर समितिका सचिव राजु खड्काले नयाँ विश्वलाई बताए । अभियानमा तल्लो तहका नेता,… पुरा पढौ

अमेरिकाले नेपालसँग धम्की कुटनीति सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं : चीन

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपालमा अमेरिकाले ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरिरहेकाले चीनले त्यसको प्रतिरोध गर्ने बताएका छन्। आज विदेश मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रवक्ता वनपिनले २८ फेब्रुअरीसम्म ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) पारित गर्ने समयसीमा तोकेर ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरेको आरोप लगाए। 'नेपालको आर्थिक विकास र जनजीवनको सुधारका लागि अन्तरराष्ट्रिय समुदायले गर्ने सहकार्यलाई चीन स्वागत गर्छ', उनले भने, 'तर यो शर्तरहित  नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ।' हाल नेपालका विभिन्न राजनैतिक दलहरूबीच एमसीसी कार्यक्रमबारे मतैक्यता हुन नसकेका कारण… पुरा पढौ

गठबन्धनमा एमसीसीमा सहमति जुटेन, फागुन ८ गते आइतबार फेरि बैठक बस्ने 

सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन ।  गठबन्न्धन आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।  गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ । बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक… पुरा पढौ