
सत्ता गठबन्धनका दलहरुबीच अमेरिकी विकास परियोजना मिलेनियम च्लालेञ्ज कर्पोरेशन (एमसीसी) सत्तारूढ़ दलका मुख्य साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको विरोधका बिच संसदमा पेस गर्ने हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकपछि कांग्रेसको अडानबिच एमसीसी संसदमा टेबल गरिन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् ।
बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई MCC मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गरे । उनले प्रधानमन्त्रीलाई टेबुल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा राखेका कारण आज नै टेबुल हुने संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
आज भएको शीर्ष नेताहरूको बैठकले आ-आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी समेत भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए।
एमसीसी तत्काल टेबल गर्न नहुने पक्षमा रहेपनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दबावका कारण प्रचण्ड पनि एमसीसी टेबल गर्न सहमत भएका हुन् ।
शनिबार एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो। संसदमा टेबल गरिएपनि विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीले निर्णय गरेको थियो । एमसीसी संसदमा टेबुल भएपछि त्यस विषयमा दलहरुले आ–आफ्नो धारणा राख्नेछन् । अमेरिकी सरकारले एमसीसीबारे निर्णय गर्नका लागि नेपाललाई फागुन १६ गतेसम्मको समयसीमा तोकिसकेको छ।



