राजनीति

प्रतिनिधिसभाका १६५ सिटका २ हजार १२८ प्रतिस्पर्धीहरूको सम्पूर्ण नामावली

काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचनका लागि प्रतिनिधिसधाका १६५ सिटमा आइतबार मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगले दिएको प्रारम्भिक तथ्यांक अनुसार प्रतिनिधिसभाको कुल उम्मेदवार–२ दुई हजार १२८ रहेको छ। आयोगको डाटामा केही नामहरु अझै इन्ट्री हुन बाकी रहेकाले यो संख्या केही बढ्न् सक्ने आयोगले जनाएको छ। हेर्नुस् प्रतिनिधिसभाका १६५ सिटका प्रतिस्पर्धी निर्वाचन क्षेत्र सत्ता गठबन्धन उम्मेदवार एमाले गठबन्धनअन्यताप्लेजुङ खेलप्रसाद बूढाथोकी(माओवादी)योगेश भट्टराईराम कार्की, राप्रपाचन्द्रा मादेन, जसपापाँचथर  भीष्मराज आङदेम्बे(कांग्रेस)बसन्त नेम्बाङकमल बहादुर चेम्जोङ, राप्रपाप्रेमराज लावती, जसपाइलाम १झलनाथ खनाल (ए.समाजवादी)महेश बस्नेतटीएन शर्मा,, राप्रपाविक्रम पाण्डे, स्वतन्त्रइलाम… पुरा पढौ

दस बुँदेको स्प्रिटअनुसार कुरा उठाउनेको ओलीले राजनीतिक कत्लेआम गर्नुभयो-नेता घनश्याम भुसाल

'विचारको कुरा गरेबापत म जहिल्यै अपमानित भएँ, अब कैदबाट मुक्त भएको छु' जिन्दगीमा कुनै व्यक्तिगत लोभ नराखी मैले ४५ वर्षसम्म लडेँ । पार्टीबाट निस्कनु पर्दा मलाई दु:ख, घाउ छ । दस बुँदेको स्प्रिटअनुसार कुरा उठाउनेको ओलीले राजनीतिक कत्लेआम गर्नुभयो यतिको लोकतान्त्रिक र वामपन्थी पार्टीलाई नेतृत्वले कब्जा गरिदियो बुटबल — चुनावको सम्मुख नेता घनश्याम भुसालले साढे चार दशक राजनीति गरेको दल नेकपा एमाले परित्याग गरेका छन् । लामो समयदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी सञ्चालन शैलीको आलोचना गर्दै आएका भुसालले… पुरा पढौ

१६५ सिटमा कुन दलबाट को उम्मेदवार? सूचीमा हेर्नुहोस्

आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुले धमाधम उम्मेदवार तय गरिरहेका छन्। असोज २३ गते (आइतबार) देशैभरिका निर्वाचन कार्यालयहरुमा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका भएका कारण दलहरु आजै रातभरिमा उम्मेदवारको टुंगो लगाउनैपर्ने दबावमा छन्। अन्तिम घडीमा आएर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनबाट आकस्मिक रुपमा बाहिरिएर एमालेसँग मोर्चा कसेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौता गर्दै जसपाले मधेसमा १६ र सुनसरीमा एउटा गरी प्रतिनिधिसभाका १७ सिटमा एमालेसँग तालमेल गरेको छ। यसवापत जसपाले ३५ सिटमा एमालेलाई सघाउनुपर्ने भएको छ। प्रदेशतर्फ… पुरा पढौ

भीम रावलले टिकट नपाएपछि एमाले अछामका ३८ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं । अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका छन् ।  केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको उनीहरुको भनाई छ । एमालेले रावलको ठाउँमा झपट बोहरालाई टिकट दिएको छ। पुरा पढौ

युवा पिंढीलाई अवसर दिने भन्दै चुनाव नलड्ने अग्नि सापकोटाको घोषणा

सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाएका छन् । २०६४, २०७० मा पहिलाे र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित भएका थिए । यो पटक पनि उनी आकांक्षी थिए । पुरा पढौ

यस्ता छन् उम्मेदवार बन्न चाहिने योग्याता 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुहोस् । मनोनयन पत्र दर्ता गर्नुअघि उम्मेदवारीको योग्यता र अयोग्यतासम्बन्धी विद्यमान कानुनको व्यवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्नुहोस् ।       निर्वाचन आयोगको निर्वाचनको कार्यक्रमअनुसार यही असोज २३ गते आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य… पुरा पढौ

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह भट्टराईले सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’ भट्टराईले लेखेका छन् । ०६४, ७० र ७४ मा गोरखा २ बाट विजयी गराएकोमा गोरखालीप्रति आभार व्यक्त गरेका छन् । भट्टराईले भने, ‘२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी… पुरा पढौ

मैले चाहेको भए पाँच बर्ष प्रधानमन्त्री बन्न सक्थें तर म रेसमा छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले चाहेको भए पाँच बर्ष नै प्रधानमन्त्री बन्न सक्ने अवस्था रहेको बताएका छन् । उनले बि.स.२०७४ सालमा आफुलाई पाँच बर्ष प्रधानमन्त्री बन्न अफर आउँदासमेत आफुले लोकतन्त्र र सविधानको रक्षालाई पहिलो प्राथमिकता दिएको बताएका छन् ।  उनले लोकतन्त्र र राष्ट्रको रक्षाको लागि आफु लागिरहेको बताए । प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आज बोल्दै प्रचण्डले आफुले चाहेको भए पाँच बर्ष प्रधानमन्त्री बन्न सक्ने भन्दै केहि बर्षदेखि आफु त्यसको रेसमा… पुरा पढौ

जनताको मुहारमा खुशी ल्याउने चाहना छ ः प्रचण्ड 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्यवस्था बदलिएपनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना व्यक्त गनुर्भएको छ ।  चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन जानु भएका अध्यक्ष प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो धारणा राख्नुभएको हो ।  प्रचण्डले आफ्नो नेतृत्वमा दुई पटक सम्म सरकार सञ्चालन गर्दा जनताको मुहारमा खुशी ल्इाउन सक्दो पहल गरेको पनि बताउनुभयो । उहाँले चितवनमा नमूना विकासको प्रयास गरेको भन्दै त्यसलाई अब… पुरा पढौ

फुट्दा धोका भयो, अब बाबुरामजी र म मिलेर समाजवादमा पुर्याउँछौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  माओवादी विभाजीत हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताएका छन।   काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको बताउँदै अब समाजवादको लागि पनि आफूहरु मिल्नै पर्ने निश्कर्षमा पुगेको बताए । उनले भने –  त्यो जनयुद्धमा डा. बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्नेछौं ।  ‘बाबुरामजी मैले… पुरा पढौ