बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् । विज्ञप्ति जारी गरेर एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरू मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदिप कुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले नेपालको कम्युनिस्ट अभियानमा लाग्दै भूमिगत अवस्थादेखि नेकपा…
पुरा पढौ