भीम रावलले टिकट नपाएपछि एमाले अछामका ३८ जनाले दिए सामूहिक राजीनामा

-


     जनहित न्युज    
     असाेज २३ गते २०७९


काठमाडौं । अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका छन् । 

केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको उनीहरुको भनाई छ ।

एमालेले रावलको ठाउँमा झपट बोहरालाई टिकट दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?