नगरिकता विधेयक राष्ट्रपतिबाट छिट्टै स्वीकृत हुनेछ-प्रचण्ड( भिडियो सहित)

-


     जनहित न्युज    
     श्रावण २५ गते २०७९


नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताका कारण समस्यामा परेका जनताको समस्या समाधानका लागि आएको नगरिकता विधेयक राष्ट्रपतिबाट छिट्टै स्वीकृत हुने बताएका छन ।
पाँच दिने जापानको चौथो दिन पत्रकारहरू सँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपाली नागरिकका छोराछोरीको समस्या समाधान गर्न सरकारले पहल गर्दै दुवै सदनबाट पारित उक्त विधेयकलाई राष्ट्रपतिले फिर्ता नगर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले अघि भने, ‘त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्न । र उहाँले गर्नु पनि हुन्न ।’
राष्ट्रपतिले फिर्ता गरिहाले फेरि सरकारले अघि बढाउँदा नागरिकता विधेयक नरोकिने उनले बताए । प्रचण्डले भने, ‘मेरो बुझाइमा फिर्ता गर्नुहुन्न र फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन ।’
आफ़नो जापान भ्रमण सफल रहेको बताउदै प्रचण्डले जापानको राजनीतिक दलको उच्च नेतृत्वसँग दुइ देश बिचको सम्बन्ध प्रगाढ़ पार्दै विशेषतः नेपाली विद्यार्थीका सम्बन्धमा अझ राम्रो गर्न सकिने बारेमा छलफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?