राजनीति

गभर्नर अधिकारीले नैतिकताको आधारमा छाड्नुपर्छ-प्रधानमन्त्री देउवा   

प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागि भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् । बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले भन्नुभयो– नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ?’… पुरा पढौ

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्छ-महामन्त्री गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । उनले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने बताए । उनले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि बताए । उनले भने,‘अहिले अर्थ मन्त्रालयले सिसिटिभि फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले… पुरा पढौ

कम्युनिष्ट नेताहरूले कम्तिमा सरल जीवनशैली अपनाऔँ

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले जित्नकै लागि मात्र जस्तोसुकै कदम पनि चालेको देखियो। दलहरू नैतिकता, मूल्य र जनतालाई दिने सेवाको बारेमा कम बहस गर्ने तर जितको अंकगणितका लागि जहाँबाट जसरी हुन्छ लड्ने र जित्ने ट्रेन्डमा लिप्त भए। र, यस्तो अवस्थामा पनि मतदाताहरू भने विगतको तुलनामा बढी जागरुक भएको पाइयो। मतदाताहरूले शुद्ध पार्टीलाई मात्रै रोजेका छैनन्, पार्टीभित्रका पात्रलाई पनि हेरेका छन्। स्थानीय निर्वाचनका उम्मेद्वारलाई मतदाताले नजिकबाट चिनेका हुनाले मतदाताले उचित मूल्यांकन गर्दाको परिणाम हो यो। संघीय र प्रादेशिक चुनावमा यो पक्ष… पुरा पढौ

अन्तत : बामदेव गौतमले घोषणा गरे नया पार्टी केन्द्रीय सदस्यको नामावली सहित

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले औपचारिक रुपमै पार्टी घोषणा गर्ने भएका छन् । उनले राजनीतिक दलको रुपमा नै पार्टी घोषणा गर्न लागेका हुन् । आज दिउँसो रिपोटर्स क्लवमा एक कार्यक्रमको आयोजना गरेर उनले पार्टी घोषणा गर्न लागेका हुन् । केही दिन अगाडी मात्रै उनले ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला गरेर पार्टी घोषणा गरेर जाने निर्णय लिएका थिए । बामदेवको पार्टीमा उनले चलाईरहेको एकता राष्ट्रिय अभियान सहित ६ वटा समुह आवदता रहने प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले… पुरा पढौ

नेकपा(एस) पछि जसपाले फिर्ता बोलायो सबै मन्त्री

जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको सोमबार राति बसेको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रीहरु फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरु पठाउने जिम्मा पनि अध्यक्ष यादवलाई नै दिइएको छ । जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव… पुरा पढौ

बेइमान चाहिँ प्रचण्ड कि ओली ?

एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमानदार नभएका कारण नेकपाको एकता भंग भएको बताएका छन्। तर, तथ्यहरूले ओली अभिव्यक्तिलाई शतप्रतिशत खण्डन गर्दछन्। तथ्यले भन्छ – नेकपाको एकता बचाउन प्रचण्ड नै सबैभन्दा बढी जिम्मेवार भएर प्रस्तुत भएका थिए, त्यसका केही तथ्य हेरौं। १. एमाले–माओवादीबिच २०७४ असोज १७ गते गरिएको सहमतिमा ६०–४० का आधारमा गठबन्धन गर्ने उल्लेख थियो। तर, जब निर्वाचन क्षेत्र बाँडफाँड र उम्मेदवार छनोट गर्ने प्रक्रिया आयो, त्यहाँ ओलीले अनेकन बखेडा झिके। अन्तिममा ६०–४०… पुरा पढौ

एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको चुनौती केहि घण्टापनि टिकेन, बाहिरियो एसपीपीलाई उनकै कार्यकालमा लेखेको पत्र

नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बखत २०७२ कात्तिकमा नै अमेरिकालाई पत्र लेखेको रहस्य बाहिरिएको छ । एसपीपी सम्झौतामा नेपालले हस्ताक्षर गर्न लागेको विषयले राजनीति तरङ्गित भइरहेका बेला उक्त पत्र बाहिरिएको हो । सन् २०१५ अक्टोबर २७ अर्थात् २०७२ कात्तिक १० गते तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई पत्र लेखेर नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा एसएसपीमा सहभागी हुन अनुरोध गरेको तथ्य बाहिर आएको हो… पुरा पढौ

अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताबारे प्रधानमन्त्रीले तत्काल जवाफ दिन गगन थापाको माग

सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अमेरिका सँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने बताएका हुन् । सदन र संसदीय समितिमा सांसदहरूले प्रश्न उठाइरहेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ । ‘केही दिनदेखि संसद्को समितिमा, संसद्को बैठकमा माननीयज्यूहरूले एसपीसी सम्झौताबारेमा गम्भीर विषय उठाइरहनु भएको छ । यो विषय सरकारसँग सम्बन्धित छ ।… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ पाँच जनाको नाम सरकारमा पठाउन सिफारिस

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो ।  सरकारमा सहभागी पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पाँच जनालाई सरकारमा पठाउन सिफारिस गरेको छ। समाजवादीले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई पठाएको छ । यससँगै सरकारमा सहभागी मन्त्रीहरू पार्टी कार्यालय पुगेका छन् । पर्यटनमन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा लगायतका मन्त्रीहरू पार्टी कार्यालयमा पुगेका हुन् ।  आज बसेको सचिवालय बैठकमा पार्टीबाट… पुरा पढौ

माओवादीका हरेक सदस्यबाट १०० रुपैयाँ उठाउने!

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयलाई विस्तार गरी व्यवस्थित ढंगबाट सञ्चालन गर्न हरेक सदस्यबाट कम्तीमा एकसय रुपैयाँ उठाउने भएको छ । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले त्यस्तो निर्णय गरेको हो । आठ लाख पार्टी सदस्यहरूबाट कम्तीमा एकसय रुपैयाँ एक महिनाभित्रै संकलन गरिने माआवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए । त्यसैगरी पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई नयाँ ढंगले अघि बढाउन राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।… पुरा पढौ