राजनीति

विवादका कारण केही स्थानमा अवरुद्ध, २ बजेसम्म ४१ प्रतिशत मतदान 

बिहान सात बजेदेखि सुरू भएको पालिका चुनावअन्तर्गत अहिलेसम्ममा देशभर ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ।  देशभर दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। पौडेलका अनुसार दोलखा, रामेछाप, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बझाङ र बाजुराका केही मतदान स्थलमा झडप भएर रोकिएको मतदान सुरु भइसकेको आयोगले जनाएको छ ।  यसैबीच विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको आयोगले जनाएको छ। पुरा पढौ

कांग्रेस गलकोटले चलायो डण्डा, ६ जना बागी उम्मेदवारको पार्टी सदस्यता खारेज

थम्मन थापा बागलुङ वैशाख २७नेपाली काँग्रेस गलकोट नगर समितीले आसन्न स्थानिय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विपरित वागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको छ ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सम्वद्व ५ दलिय गठबन्धनले अगाडी सारेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै गलकोट नगर प्रमुख पदका उम्मेदवार १ जना, वडा अध्यक्ष पदका उम्मेदवार २ जना र वडा सदस्य पदका उम्मेदवार ३ जना गरि ६ जनाको पार्टी सदस्यता खारेज गरेको… पुरा पढौ

कांग्रेसको मतदातासँग अपिल-‘काँग्रेस जे भन्छ, त्यो पूरा गर्छ रुख़मा मतदान गर्नुहोस ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् ।  मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका हुन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भीकता साथ सहभागी भई मतदान गर्न आह्‍वान गर्दछु’, देउवाले भनेका छन् ।  अपिलमा उनले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको बताएका छन् । स्थानीय तह सङ्घीय… पुरा पढौ

हामीलाई यथास्थितिमै रुमल्लीन रहर र छुट दुबै छैन: प्रचण्ड

काठमाडौं, २६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्नुपर्ने बताउनुभएको छ । स्थानिय निर्वाचनको पुर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले आम मतदातालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । प्रचण्डले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलव्धी विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका बताउँदै त्यसलार्य परास्त गरि परिवर्तनका एजेण्डा स्थापित गराउन हँसिया हतौडा चिन्हमा… पुरा पढौ

गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको निम्ति गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउन जापानबाट आह्वान

जापानमा क्रियाशील चारवटा संगठनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली जनताले बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको निम्ति पाँच दलीय गठबन्धनका साझा उमेदवारहरूलाई निर्वाचित गराउनका लागि आह्वान गरेका छन ।आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाली राजनीतिक इतिहासमा बलिदानी र गौरवपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रूपमा रहेको लोकतन्त्र र गणतन्त्रको मुख्य आधारस्तम्भको रूपमा स्थापित स्थानीय तहको निर्वाचनमा लोकतन्त्र र गणतन्त्रका हिमायती दलहरूको गठबन्धन रहेको उम्मेदवारहरूलाई आफ़नो मत प्रदान गरि रूपमा प्रगतिशील र सारमा प्रतिगमनको मुख्य… पुरा पढौ

गठबन्धन संघिय निर्वाचनसम्म रहन्छ : प्रचण्ड

पोखरा,२५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने बताउनुभएको छ ।सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावी सभामा उहाँले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने रुपमा देखा परेको बताउँदै उहाँले यसलाई निरन्तरता दिइने बताउनुभयो ।उहाँले भन्नुभयो,“राष्ट, संविघान र गणतन्त्रको रक्षाका लागि अघि बढेको गबठन्धनलाई विभाजित गर्ने षड्यन्त्र चलिरहेका छन् । गठबन्धनका शक्तिहरुले धेरै मिहिनेत र अप्ठ्यारोसँग जुधेर… पुरा पढौ

शरीरमा ‘बुलेट’ बोकेर ब्यालेटको लडाईमा हिमाल

बागलुङको ताराखोला गाउँपालिका माओवादी युद्धको आधारभूमी हो । बागलुङ जिल्लाको माओवादी आन्दोलनमा सशक्त उपस्थिती जनाएको ताराखोला गाउँपालिकालाई माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको छ । द्वन्द्वकालिन अवस्थामा ताराखोला क्षेत्रमा २१ जनाले ज्यान गुमाए । दुई जना वेपत्ता छन । कुटाई पीटाई र यातना नभोगेको परिवारका सदस्य भेटिन कठिन छ । द्वन्द्वकालिन अवस्थामा होस या शान्ति प्रक्रिया पछिको राजनीतिक गतिविधिमा ताराखोलाको माओवादी केन्द्रको शक्ति केन्द्रको रुपमा विकास भएको छ । पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार भारी मतले विजयी… पुरा पढौ

पाँच लाखभन्दा बढी मत बदर हुने अनुमान

०३६ यताका हरेक निर्वाचनमा औसत ७० प्रतिशत मत खस्दा ४–५ प्रतिशत बदर भएको छ, यसपटक एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन्, ६० प्रतिशत मात्र मत खसे पनि पाँच प्रतिशत बदर हुँदा पाँच लाखभन्दा बढी भोट खेर जान्छ अमूल्य मत खेर नजाओस् भनेर निर्वाचन आयोगले मतदाता शिक्षाका नाममा करोडौँ रुपैयाँ सकाउँछ । तर, हरेक निर्वाचनमा लाखौँ मत बदर हुने समस्या दोहोरिन्छ । ०३६ को जनमतसंग्रहयताका नौवटा निर्वाचनको तथ्यांक हेर्दा सरदर पाँच प्रतिशतका दरले मत बदर भएको देखिन्छ । यसपटकको… पुरा पढौ

स्थानीय निर्वाचन: अग्रगमनको पक्षमा कि पश्चगमनको पक्ष ?

संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको रक्षा गर्ने र प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्ने संघर्षको मोर्चाको रुपमा आगामी बैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ। दुई पटक प्रतिनिधि सभा विघटन गर्ने केपी ओली नेतृत्वको एमाले नेपालको इतिहासमा पहिलो पटक संविधान सभाबाट बनेको संविधानलाई खारेज गराउन चाहन्छ। एमालेको साँठगाँठ र गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रलाई खारेज गर्न चाहने प्रतिगमनकारी शक्तिसँग भएको देखिन्छ भने संविधान र व्यवस्थाको रक्षा गर्न नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले… पुरा पढौ

भरतपुरमा गठबन्धनका उम्मेदवारलाई जिताउने र गठबन्धनलाई दीर्घकालीन बनाउने बाचा

चितवन, २२ बैशाख । पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरबाट रेणु दाहाल नेतृत्वको टीमलाई जिताउने वाचा गरेको छ। चितवनको भरतपुर हाकिमचोकस्थित साझा बसपार्कमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्ने गठबन्धन दलका शीर्ष नेताहरुले भरतपुरमा गठबन्धनका उमेदवारलाई जिताउने बाचा गरेका हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र र संविधान बचाउन गठबन्धन गरिएकोले गठबन्धनका उमेदवारलाई जिताउनु अहिलेको मुख्य कार्यभार भएको बताउनु भयो । उहाँले रेणुलाई महानगरको मेयर र चित्रसेनलाई उपमेयरमा जिताउन भरतपुरबासीलाई अपिल गर्नुभयो ।गठबन्धन टुटाउने षड्यन्त्र… पुरा पढौ