विवादका कारण केही स्थानमा अवरुद्ध, २ बजेसम्म ४१ प्रतिशत मतदान 

-


     जनहित न्युज    
     वैशाख ३० गते २०७९


बिहान सात बजेदेखि सुरू भएको पालिका चुनावअन्तर्गत अहिलेसम्ममा देशभर ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ। 

देशभर दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

पौडेलका अनुसार दोलखा, रामेछाप, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बझाङ र बाजुराका केही मतदान स्थलमा झडप भएर रोकिएको मतदान सुरु भइसकेको आयोगले जनाएको छ । 

यसैबीच विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?