महराले उच्च अदालतबाट पाए सफाइ

-


     जनहित न्युज    
     श्रावण १२ गते २०७८


पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार अभियोगमा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले गरेको अभियोगको दाबी नपुग्ने फैसलालाई उच्च अदालतले पनि सही भएको ठहर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासबाट सो फैसला भएको उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माले बताए ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । आरोपपछि उनले २०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए ।

०७६ असोज १९ गते सभामुखको सरकारी निवासबाट पक्राउ परेका उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए । उनलाई २०७६ फागुन ५ गते काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?