
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपालबीच साउन १९ गते भेटवार्ता हुने तय भएको छ ।
नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि दुई नेता बीच छलफल हुन लागेको हो । नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले भोलि दुई नेताबीच छलफल हुने तय भएको जानकारी दिए ।
‘दुई नेताहरु बीचमा भोलि भेट हुन्छ । ठाउँ र समय भने यकिन भएको छैन’ पोखरेलले भने ।
आज बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टीमा जारी विवाद समाधानको लागि सम्भावित विकल्पमा छलफल गर्ने निर्णय गरेको थियो ।
बैठकमा भएको छलफलको विषयमा जानकारी दिदैं नेता रघुजी पन्तले चाडै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचमा भेटवार्ता हुने बताएका थिए ।
पार्टीको विवाद समाधान गरेर एकतावद्ध बनाउनको लागि दोस्रो तहका नेताहरु निरन्तर प्रयासमा छन् । विगत दुई सातादेखि ओली र नेपालको भेट गराएर छलफल गराउने दोस्रो तहका नेताहरुले प्रयास गरेपछि सफल हुन सकेका छैनन् । भोली ओली र नेपाल छलफलमा बस्न तयार भएको ओली र नेपाल दुवै पक्षका नेताहरुले बताएका छन् ।