नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

-


     जनहित न्युज    
     श्रावण २९ गते २०७८


नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । महासमिति बैठकले गरेको निर्णय अनुसार केन्द्रीय सदस्य पनि वडामा गएर चुनाव जितेर आउनुपर्ने व्यवस्था हटाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामाको दिने भएका हुन् । कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुको माग छ । 

यी हुन राजीनामा दिने सदस्यहरु

  • नन्दनकुमार दत्त
  • कुमार खड्का
  • बालकृष्ण पाण्डेय
  • गोरख (आनन्द) विष्ट
  • नरेन्द्रकुमार चौधरी
  • हसन अन्सारी
  • किरणराज शर्मा पौडेल
  • रमा कोइराला पौडेल
  • कृष्णकिशोर घिमिरे
  • गोपालकुमार बस्नेत
  • सुधीरकुमार शिवाकोटी
  • मनोहरनारायण श्रेष्ठ
  • ध्रुव वाग्ले
  • मोहनसिंह राठौर
  • शम्भुलाल श्रेष्ठ
  • अभिषेख प्रताप शाह
  • दयाराम पाण्डे
  • जनकराज कलौनी
  • भूमिबहादुर (विश्व) गुरुङ
  • आशाराम चौधरी
  • दिलीप राई
  • राजेश बहादुर सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?