बडिगाड गाउँपालिका–१० र ४ मा माओवादी केन्द्रको वडा कमिटी गठन

-


     जनहित न्युज    
     श्रावण ३० गते २०७८


बागलुङको क्षेत्र नम्बर २ अन्तर्गतका पालिकाहरुमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले वडा कमिटी गठनलाई तीब्रता दिएको छ । शनिबार बडिगाड गाउँपालिका–१० र ४ मा वडा कमिटी गठन गरिएको
छ ।

बडिगाडमा बिरेन्द्रकुमार बुढाको अध्यक्षातामा २९ सदस्य वडा कमिटी विस्तार गरिएको छ । जसको सचिवमा शक्तिराम थापा रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र जिल्ला सदस्य एवं निर्वाचित वडाध्यक्ष विरेन्द्रकुमार बुढाले जनताको वलिदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न माओवादी केन्द्र नै अग्रसर हुनपर्ने भन्दै स्थानीय तहदेखि केन्द्रसम्म माओवादी एकताबद्ध हुनपर्ने बताए ।

सोही अवसरमा निर्वाचित वडा सदस्य शक्तिराम थापा, सदस्य हिरालाल कामी, सदस्य देउमती विक, अखिल नेपाल शिक्षक संगठन वडा अध्यक्ष नवीन छन्त्याल, सहिद परिवार ओमराम घर्ती, पूर्व सञ्चार ब्यूरो एरिया सदस्य प्रेम बहादुर विक, पार्टीका सक्रिय सदस्य एवं कलाकार सीमा विक, मीना परियार, मिलन वि.क लगायतको उपस्थिति रहेको थियो । आज भएको कार्यक्रममा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबाट ४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


राष्ट्रिय जनमोर्चाबाट उदयराज बुढा, हर्कबहादुर बुढा, लालजंग गुरुङ र नेकपा एमालेबाट रमेश परियार प्रवेश गरेको वडाध्यक्ष विरेन्द्रकुमार बुढाले जानकारी दिए ।

आज भएको वडा कमिटीको बैठकमा पूर्व एरिया कमिटी सेक्रेटरी डोरबहादुर रास्कोटीको अध्यक्षता, मोहनसिंह बुढा मगरको सञ्चालन रहेको थियो ।

यस्तै, बडिगाड गाउँपालिका वडा नम्बर ४ मा गणेशकुमार थापाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको सचिवमा बुद्धबहादुर थापा रहेका छन् । जिल्ला सदस्य एवम् बडिगाड गाउँपलिकाका संयोजक मिलन रेश्मीको विशेष आथित्यतामा भएको बैठकमा गोपीराम बुढाको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरेको छ । कार्यक्रममा विभिन्न पाटीबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?