लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
४ गठबन्धनकाे समर्थमा केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । केसी नेपालकाे संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार मुख्यमन्त्री पदमा नियक्त भएका हुन् । गठबन्धनले आज बिहान ४२ सांसदकाे हस्ताक्षर सहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्री पदमा केसीलाई दाबी पेश गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले दिएको समय अवधिसम्म केसीको मात्र मागदाबी परेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा केसीलाई नियुक्त गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले बताए । मुख्यमन्त्रीमा नियुक्त भएका केसीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

नयाँमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीवहादुर चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, जनता समाजबादी पार्टीबाट सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा माओवादीका कृष्णध्वज खडकाले आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा सपथ लिए ।
त्यसैगरी जसपाकी पुरमती ढेंगा र सुमन शर्मा तथा नवलपरासीबाट सूर्य चिन्ह लिएर चुनाव जित्नुभएका अजय शाहीले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन ।
काे हुन कुलप्रसाद केसी

मुख्यमन्त्री केसी विद्यालय तहदेखि राजनीतिमा जोडिएको बताउँछन्। उनले वर्षपछि २०४७ सालमा पार्टी सदस्यता पाए।
उनले २०४८ सालदेखि २०५० साल जेठसम्म स्थायी शिक्षक भएर रोल्पामै पढाए ।
तर, शिक्षण पेसा त्यागेर उनी पूर्णकालीन राजनीतिमा होमिए। २०५२ फागुनमा माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भए।
२०५५ सालमा दाङ, प्युठान र सल्यानको सेक्रेटरी भएका केसी २०५७ मा पार्टीको केन्द्रीय सदस्य बने।
२०६० सालमा उपत्यका ब्युरो इन्चार्ज तथा पोलिटब्युराे सदस्य भए।
जनमुक्ति सेना नेपालको तेस्रो डिभिजन कमिसार भइसकेका उनी योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका इन्चार्ज भएर पनि काम गरेका छन्।

माओवादी पार्टीको विभाजन भएपछि भने केसी केही समय रामबहादुर थापा ‘बादल’सँगै मोहन वैद्य समूहमा आवद्ध भए । २०७३ सालमा उनी बादलसँगै माओवादी केन्द्रमा फर्किए। २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनलाई पार्टीले रोल्पा जिल्ला निर्वाचन क्षेत्र नं. १ (क)बाट उम्मेदवार बनायो र उनी निर्वाचित भए।