राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्न आवश्यक काम तीव्र रुपमा भइरहेको जानकारी दिए। उनले नतिजामा प्राविधिक रुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीका विवरण रुजु गर्ने कार्यलाई कडाइसाथ निगरानी गरिरहेको बताए। अध्यक्ष डा. शर्माले भने, ‘विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अङ्क, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै बरु केही दिन नतिजा…
पुरा पढौ