तस्विर समाचार

जापानमा निःशुल्क नेपाली भाषा पढाइरहेका रेसम 

एक दशकअघि जापान आइपुग्दा धादिङका रेसम उप्रेतीले भाषा नबुझेर अनेक हण्डर खानुपर्यो। उनी आफूले भन्न खोजेको कुरा भन्न सक्दैनथे। जापानीहरुले बोलेको बुझ्दैनथे। भनेको बेला काम फेला पार्न सकेनन्। त्यतिबेला उनलाई लाग्यो, भाषा भनेको बाँच्ने आधार रहेछ। जापानको बसाइ लम्बिँदै जाँदा उनले देखे– जापानमै जन्मेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा आउँदो रहेनछ। यो देखेर उनलाई खल्लो लाग्यो। त्यसैलाई बदल्न उनले जापानमा जन्मेको नेपाली पुस्तालाई नेपाली भाषा सिकाउने प्रयास सुरु गरेका छन्। रेसमले नागोयामा भाषा स्कुल सञ्चालन गर्न थालेका छन्। जुन स्कुलमा नेपालबाट… पुरा पढौ

कविका रचनामा ‘भानु’ 

‘खुबै आनन्दमा हुन्छुदुई–नौ असार आउँदाश्रद्धाले शीर निहुरिन्छतिम्रा कीर्ति सुनाउँदा’ २०९औं भानु जयन्ती समारोहमा स्रष्टाहरूले आदिकविको तस्बिरमा फूल मात्र चढाएनन् शब्दश्रद्धा पनि टक्राए । प्रस्तुत कवितांशमार्फत शब्दकर्मी मेघराज पाण्डेले भानु जयन्तीअर्थात असार २९ लाई गौरवपूर्ण दिनका रूपमा लिए । ‘श्रद्धासुमन’ कविता पाठ गरेपछि पाण्डेले आदिकविप्रति राज्यले दर्शाएको सम्मान स्तुत्य रहेको बताए । ‘भानु जयन्तीमा सार्वजनिक बिदा दिएर गण्डकी प्रदेश सरकारले राष्ट्रिय विभूतिको मूल्यबोध गरेको छ’, उनले भने । कवि धनराज सापकोटा ‘जिज्ञासू’ले सरकारी कार्यालयमा हुने ढिलासुस्तीप्रति कटु प्रहार गर्दै भानुभक्तले लेखेको… पुरा पढौ

मासिँदै बागलुङको स्थानीय प्रविधिका झोलुङ्गे पुल 

गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका–१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन । ‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुङ्गे पुल हटाइएको हो । “६ कक्षा पढ्न हरिचौर जाँदा गाईघाटको पुल तरेर जानुपथ्र्यो”, घर्तीले भने, “नौ, दस कक्षा पढ्ने बेलासम्मै त्यहीँ बाटो भएर हिँड्यौँ, हामी सानो छँदादेखि नै त्यहाँ झोलुङ्गे पुल थियो ।” परम्परागत सीप र साधनबाट बनाइएको पुल संरक्षण गर्नुपर्नेमा उल्टै भत्काइएपछि घर्तीको मन कुँडिएको हो… पुरा पढौ

एमालेले नक्कली एम अधिकारी बनाउन खोजेपछि मनोजलाई तनाव, फोनै अफ गरेर सम्पर्कविहीन ! 

नेकपा एमालेले अर्थ तथा योजना विभाग सदस्य ‘एम अधिकारी’ भनेर सार्वजनिक गर्न खोजेका एक पात्र फोन नै नलाग्ने बनाएर सम्पर्कविहीन भएका छन् । एम अधिकारी नाम गरेको व्यक्ति राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नै भएको भन्दै विभिन्न प्रमाणहरू सार्वजनिक भएपछि एमाले नयाँ एम अधिकारीको खोजीमा लागेको थियो । यसबीचमा बिहीवार केही नेताले मिडियामा सूचना चुहाए– एम अधिकारी भनेको सीए मनोज अधिकारी हुन्, विराटनगरतिर बस्छन् । यो समाचार आउनेबित्तिकै मनोजको फोनमा तारन्तर घण्टी बज्न थाल्यो । मनोजलाई सुवेदी थरका एक व्यक्तिले… पुरा पढौ

स्कटल्याण्डमाथि नेपालको सानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ। ग्लास्कोमा जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा  ५ विकेट गुमाएर भेट्टायो । यसअघि नेपालले लिस्ट ए खेलमा स्कटल्याण्डलाई हराउन सकेको थिएन । बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आसिफ शेखले ब्याटिङमा अर्धशतक प्रहार गरे । यसअघि नेपालले लिस्ट ए खेलमा स्कटल्याण्डलाई हराउन सकेको थिएन । बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आसिफ शेखले ब्याटिङमा अर्धशतक प्रहार गरे । शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । त्यसक्रममा ६२ बल खेलेका… पुरा पढौ

ऐन विपरित एमालेको अर्थ विभागमा रहेका गर्भनर अधिकारीको शैक्षिक योग्यता समेत अपुग

राष्ट्र बैंक ऐन, २०५८ बिपरित नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतासमेत अपुग रहेको भेटिएको छ ।राष्ट्र बैंक ऐनले गभर्नर हुनका लागि स्नातकोत्तर उत्तिर्ण हुनुपर्ने अनिवार्य सर्त राखेको छ । तर, गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा गत बैशाखमा बुझाएको व्यक्तिगत बिबरण (बायोडाटा) मा स्नातक तह मात्रै पास भएको बिबरण पेश गरेका छन् । उनले पेश गरेको व्यक्तिगत बिबरण अनुसार सन् १९८९ मा काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेका हुन् । उनले भारतको… पुरा पढौ

नेपाली व्यावसायी संघ नागोयाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा नरबहादुर थापा चयन

जापानमा रहेका नेपाली ब्यावसायीको हक हित, व्यापार प्रवर्द्धनमा सहयोग र अनुभव साटासटको लागि सन २०१८ मा स्थापना भएको नेपाली व्यावसायी संघ अन्तरगत नागोयाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नरवहादुर थापाको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति र्निविरोध रूपमा चयन गरेको छ। नागोयामा रहेका नेपाली व्यावसायीहरूको उक्त भेलाले उपाध्यक्षमा अर्जुन केसी, गंगा घर्ती मगर, सीता कोईराला चयन गरेको छ। त्यस्तै सचिवमा सन्देश पोख्रेल , सह - सचिवमा बिन्दु शर्मा र मनोज केसी र कोषाध्यक्षमा युवराज गौतम चयन भएका। चयन हुने कार्यसमिति सदस्यमा… पुरा पढौ

कस्तो रह्यो जापानका लोकप्रिय नेता सिन्जो आबेको अन्तिम संस्कार (शब्द चित्रमा)

गत हप्ता स्टम्प भाषण दिने क्रममा गोली हानी मारिएका पूर्व प्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि मंगलबार टोकियोको मुटुमा रहेको एक बुद्ध मन्दिरमा गरिएको छ । कार्यक्रमस्थल बाहिर मानिसहरुको ठूलो भीड जम्मा भएको थियो । अन्त्येष्टिमा उपस्थित मानिसहरूको भीड राजधानीको मिनाटो वार्डमा रहेको जोजोजी बौद्ध मन्दिरमा उनको अन्त्येष्टिमा उनको परिवार र अन्यले शोक गरेका पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई श्रद्धाञ्जली अर्पण गर्न र आबेको शव बोकेको कार हेर्नको लागि मानिसहरूको भिड लागेको थियो । उनकी पत्नी अकी अगाडिको सिटमा बसेकी थिइन। आबेको शव… पुरा पढौ

अल बिदा आबे सान ! आबेले कल्पना गरेका मुद्दा पुनर्जिवित गराउने प्रधानमन्त्री किशिदाको प्रतिबद्धता

मंगलबार पूर्व प्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि गरिएको छ । गत हप्ता भएको हत्याले राष्ट्रसहित विश्वलाई नै स्तब्ध बनाएको छ र जापानको रक्षा संयन्त्रलाई माझबुत बनाउने जस्ता आफ्ना प्रमुख नीतिहरूमा नयाँ शिराबाट सोच्न बाध्य पारेको छ । कुशल राजनीतिज्ञ जसले २०२० मा समाप्त भएको आफ्नो लामो कार्यकालको कीर्तिमानीले देशको अर्थतन्त्र र यसको कूटनीतिक स्वरूपलाई आकार दिएका थिए । किशिदाले सोमबार एक पत्रकार सम्मेलनमा भने- "पूर्व प्रधानमन्त्री आबेले जुन विषयलाई लिएर भावुक थिए, त्यसलाई कार्यान्वयन गर्न सकेनन्, म ती मुद्दाहरू उठाउनेछु।" त्यसमा… पुरा पढौ

गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन जुलाई २६ मा टोकियोको शिन ओकुबोमा हुने

“हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तो छैठौ अधिवेशनको जुलाई २६ तारिक हुने भएको छ ।जुलाई २६ को लागि तय भएको कान्तो क्षेत्रीय समितिको अधिवेशन टोकियोको शिन ओकुबोमा रहेको सोलमारीको मुरा हलमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष रमेश कुमार खत्रीले जानकारी दिए ।केन्द्रीय समितिबाट कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी प्राप्त गरेका गलकोट समाजका उपाध्यक्ष रत्नसिंह बस्नेतले जुलाई २६ तारिक हुने… पुरा पढौ