
गल्कोट समाज क्षेत्रीय समिति नागोयाको आगामी कार्यकाल २०२२-२०२४ को लागि नया कार्यसमिति चयनको लागि छैठौ अधिवेशन जुलाई २६ तारिकमा हुने भएको छ ।
बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानको नागोया क्षेत्रमा रहेका गलकोटेहरूको उपस्थितिमा हुने सो अधिवेशन “हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ सम्पन्न हुन लागेको हो ।
जुलाई २६ को लागि तय भएको नागोया क्षेत्रीय समितिको अधिवेशन नागोयाको Sannomaru, Naka-ku, Nagoya मा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष राम थापा काजीले जानकारी दिए ।
केन्द्रीय समितिबाट नागोया क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी प्राप्त गरेका गलकोट समाजका युवा संयोजक युवाराज गौतमले २००६ मा स्थापित गल्कोट समाज जापानले हरेक अवस्थामा सुखः दुःखको सहयोगी बन्दै आएको र सामाजिक क्षेत्रमा आऊने दिनमा सोहि कार्यलाई आत्मसाथ गर्दै अगाडी बढाउन इच्छुक नागोयामा बस्नु हुने गल्कोटे दाजुभाई दिदी बैनीहरु समाज भित्र रहेर काम गर्नेहरूलाई स्वागत गर्न आतुर रहेकोले गल्कोट समाज जापान क्षेत्रीय समिति नागोयाको निर्वाचन समितिलाई जानकारी गराई दिनु आग्रह गर्दै अधिवेशनमा उपस्थितिको लागि आग्रह गरेका छन ।
कार्यक्रम हुने स्थानको नाभीको लागि 〒460-0001 名古屋市中区三の丸一丁目7番2号 〒460-0001 1-7-2 Sannomaru, Naka-ku, Nagoya रहेको र कार्यक्रम दिउसो १ बजे बाट हुने समेत बताईएको छ ।
समाजको क्षेत्रीय समितिमा रहेर काम गर्ने ईच्छुक गलकोटे व्यक्तिहरूले निर्वाचन कमिटिमा सम्पर्क गर्नका लागि समेत सार्वजनिक रूपमै आह्वान गरिएको छ ।
सन २००६ मा बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापान आई गलकोटेहरूका बिचमा भ्रातृत्वको विकास गरि जन्मभूमिप्रति सत्भाव व्यक्त गर्दै सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको समाजको छेठौ अधिवेशनको लागि क्षेत्रीय समितिका अधिवेशनहरू गर्न लागिएको हो । समाजको केन्द्रीय समितिको अधिवेशन २०२२ सेप्टेम्बर महिनाको ७ तारिक भित्रमा गरिसक्नुपर्ने निर्णय समेत गरिएको छ ।




