जुम्ला, २ भदौ जुम्लाको सिंजा गाउँपालिकाले सिंजा साम्राज्यको विरासत जगाउने र स्थानीय उत्पादन बजारीकरण गर्न १ भदौदेखि हाट बजार चलाएको छ । यस्तो बजार हरेक महिनाको १ गते लगाउने गाउँपालिकाको तयारी छ । १८४६ सालभन्दा अघि सिंजा राज्यका निकै शक्तिशाली थियो । त्यसै बेलादेखि यहाँ ‘हाट’ बजार लाग्थ्यो । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्थ्यो । पुरानो इतिहास झल्काउन र स्थानीयलाई आर्थिक रुपमा सबल पार्न…
पुरा पढौ