तस्विर समाचार

प्रवासमा नेपाली पत्रकारिता : निजी स्वार्थमा ढल्पलाइरहेको त छैन ?

सन् २००३ मा नेपालीहरुको साझा संगठनको रुपमा एनआरएनएले औपचारिकता पायो। अर्थात संसारभरि छरिएर रहेका नेपालीहरुको व्यापारिक तथा सामाजिक हितलाई ध्यानमा राखेर उपेन्द्र महतो, देवमान हिराचन, श्याम कार्की, भिम उदास, राम थापा, जीवा लामिछानेलगायतको पहलमा एनआरएनएले सांगठानिक आकार लियो। यसलाई नेपाली डायस्पोरामा भएको साझा संगठन भनियो। खयर, यो संस्थालाई साझा वा छाता संगठन मान्ने सवालमा कसैको फरक मत नहोला भन्न सकिन्न। तर डायस्पोरामा नेपाली पत्रकारिताको इतिहास त्योभन्दा लामो छ। प्रवासमा नेजा, इन्जा, सोभियत कालिन रसियन नेपाली सेवा, बीबीसी नेपाली सेवा, भारतबाट… पुरा पढौ

जापानमा सम्बन्धविच्छेद भएको ३ सय दिनभित्र जन्मेको बच्चालाई पनि हालको श्रीमानको सन्तान मानिने

जापानको संसदले गर्भावस्था र सुत्केरीको समयका आधारमा पितृत्व मान्ने व्यवस्थाका सम्बन्धमा महिलाले पुनर्विवाह गरेमा सम्बन्धविच्छेद भएको ३ सय दिनभित्र जन्मेको बच्चालाई पनि हालको श्रीमानको सन्तान मानिने कानून बनाएको छ । सन् १८९९ देखि जारी रहेको ‘वैधानिकताको अनुमान’ को नागरिक कानून प्रणालीअन्तर्गत सम्बन्धविच्छेद भएको ३०० दिनभित्र जन्मेको बच्चालाई अघिल्लो पतिको सन्तान मानिने प्रावधानलाई संशोधन गर्दै शनिबार उक्त कानुनी परिवर्तन गरेको हो । परिमार्जित कानून अन्तर्गत सम्बन्धविच्छेद भएको ३ सय दिनभित्र जन्मेको बच्चा आमाले पुनः विवाह गरेमा दोस्रो विवाह गर्ने पतिको सन्तान… पुरा पढौ

फ्रान्स सेमिफाइनलमा, इंग्ल्यान्ड बाहिरियो

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत भएको अन्तिम क्वाटरफाइनल खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। साविक च्याम्पियन फ्रान्सलाई अन्तिम चारमा पुर्‍याउने क्रममा औरेलेनी टचौमेनी र ओलिभर जिरुडले गोल गरे। इंग्ल्यान्डले भने पेनाल्टीमार्फत बराबरीको सुन्दर मौका चुकाएको थियो। पहिलो गोल ह्यारि केनले पेनाल्सटीमानै दुपयोग गर्दै खेल १-१ को बराबरी गरेपनि फ्रान्स लिएको दोस्रो पटकको अग्रतालाई पनि बराबरी गर्ने मौका भने केनले चुकाए। उनले ८४ औ मिनेटमा पेनाल्टीको अर्को मौका गुमाउन पुगेका थिए। जसका कारण निर्धारित समयको सम्भावित बराबरीको मौकाबाट इंग्ल्यान्ड चुकेको थियो। त्यसअघि पहिलो हाफमा फ्रान्सले इंग्ल्यान्ड विरुद्ध अग्रता बनाएको थियो।… पुरा पढौ

मोरक्को बन्यो विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम, पोर्चुगल बाहिरियो

पोर्चुगललाई स्तब्ध पार्दै कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दै मोरक्कोले नयाँ इतिहास रचेको छ । विश्वकप फुटबलको सेमिफाइनलमा पहिलो पटक प्रवेश गरेको मोरोक्कोले ऐतिहासिक उपलब्धि पाएको छ । कतारको अल थुमामा रंगशालामा मोरोक्कोले पोर्चुगललाई १–० गोलले हराएको हो । पहिलो हाफमा बनाएको अग्रता कायमै राख्दै बलियो टिम पोर्चुगललाई हराएको हो । मोरोक्कोको जितमा युसुफ इन नेसिरीले गोल गरे । मोरोक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ इन नेसिरीले गोल गर्दै १–० को अग्रता दिलाए । पहिलो हाफमा नै एक गोलले… पुरा पढौ

टोकियोमा रोजिना मल्लको ‘फेशन शो’ हुँदै

टोकियो - फेशन डिजाइनर रोजिना मल्लले यहि डिसेम्बर २३ तारिखका दिन टोकियोमा एकल 'फेशन शो' कार्यक्रम गर्ने भएकी छिन् । जापानमै रहेर फेशन डिजाइन पेशालाई आफ्नो करियरकारुपमा अगाडि बढाउदै आएकी मल्लले एकल प्रयासमा टोकियोमा 'फेशन शो' गर्न लागेकी हुन् । टोकियो आओयामा ओमोतेसान्दोस्थित एक होटलको प्रेक्ष्यालयमा हुन गईरहेको उक्त फेशन शो कार्यक्रमको लगभग तैयारी पूरा भएको उनले बताईन् ।भाषा विद्यार्थीकारुपमा सन् २०१४ मा जापान आएकी मल्ल २ वर्षको भाषा कोर्स पश्चात फेशन डिजाइनमा ४ वर्षे कोर्स पूरा गरी विगत २… पुरा पढौ

अतिरिक्त रक्षा खर्च परिपूर्ति गर्न हरेक वर्ष कर बढाउनु पर्ने जापानका प्रधानमन्त्रीको धारणा

जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार सरकारले सुरक्षा चुनौतिहरूको सामना गर्ने उद्देश्यले बढेको रक्षा खर्चको लागि आवश्यक पर्ने अतिरिक्त कोषको एक चौथाई भागलाई समेट्न आर्थिक २७ बाट प्रत्येक वर्ष कर बढाउने र १ ट्रिलियन येन ($ 7.3 बिलियन) सुरक्षित गर्ने योजना बनाएको बताए। आर्थिक वर्ष २०२३ मा सुरु हुने आगामी पाँच वर्षमा राष्ट्रको रक्षा खर्चलाई ४३ ट्रिलियन येनमा पुर्‍याउने लक्ष्य राखेका किशिदाले भने घरपरिवारको गम्भीर आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारले आयकर बढाउने छैन । जापानले लामो समयदेखि प्रतिरक्षा खर्चलाई कुल गार्हस्थ्य… पुरा पढौ

नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश

अर्जेन्टिना नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई फेरि एक पटक पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा पुगेको हो । शनिबार बिहान कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि मोलिनाले खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यसैगरी खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई २–० को अवस्थामा पुर्याए । अर्जेन्टिनी खेलाडीलाई डी बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।  खेलको अतिरिक्त समयमा वेग्होस्र्टले गोल… पुरा पढौ

विश्वकपका अतिथिलाई खाना खुवाउँछन् विनोद

काठमाडौँ- यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरू आ–आफ्नै तयारीमा जुटेका छन् । सबैलाई यतिबेला खेलको रोमाञ्चक क्षणको व्यस्तताले भुलाएको छ । तीमध्ये सबैभन्दा बढी व्यस्त देखिन्छन्, कतारको एउटा सेन्टर किचेनमा बसेर कुन खेल हेर्न कुन स्टेडियममा को को अति विशिष्ट पाहुनाको आगमन हुन्छ र उनीहरूलाई के खुवाएर स्वागत गर्ने भन्ने जिम्मा पाएका विनोद बराल । पाँच सय ५० जना… पुरा पढौ

पेनाल्टी सुटआउटमा ब्राजिल स्तब्ध, क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश

क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्वविजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको एजुकेशन रंगशालामा क्रोएसिया र ब्राजिलले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका थिए । त्यसपछि थप गरिएको ३० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि ब्राजिलले गोल गर्न सकेन । दोस्रो हाफको अन्तिम समयमा ब्राजिलले एकपछि अर्को गोलको सिर्जना गरेको थियो । तर सदुपयोग गर्न सकेन… पुरा पढौ

गलकोट दरबारमा अझै छ ‘आकर्षण’

तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भिड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको यो दरबार भने जीर्ण बन्दै गएको छ । पछिल्लो समय दरबारको वरपर तस्बीर खिच्ने, भिडियो बनाउने र रमाउनेको सङ्ख्या बढ्दै गएको छ । सडकको सहज पहुँचले गर्दा… पुरा पढौ